लिलाकान्त यादव,
राजविराज, ३० असोज ।
सप्तरीको हनुमाननगर कंकालिनी नपा अन्तर्गत भारदह बाजार स्थित रोयल सेकन्ड्री स्कूलमा वत्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
दशै पर्वको अवसर पारेर कक्षा ११ र १२ का विद्यार्थीहरु विच देश विकासमा शिक्षकको भूमिका शिर्षक राखेर मंगलवार वत्तृत्वकला प्रतियोगिता सम्पन्न भएको् हो ।
कक्षा –११ र १२ का १२ जना छात्रछात्राहरु सहभागी भएको प्रतियोगिता कार्यक्रमको अध्यक्षता विद्यालयका प्रिन्सिपल देवनाथ यादवले गरेका थिए भने निर्णायक मण्डलीयमा बरिष्ठ शिक्षक श्रवण मंडल, शिक्षक प्रभु नारायण यादव, बलराम यादव रहेका थिए ।
छात्र भन्दा बढी छात्राहरुको सहभागिता भएको सो प्रतियोगिता कार्यक्रमको मंच संचालक शिक्षक नरेश झाले गरेको प्रतियोगिता कार्यक्रममा प्रमुख अतिथीको रुपमा विद्यालयका संस्थापक दिनेश कुमार यादव रहेका थिए । प्रतियोगिता संगै विचविचमा नृत्य एवं गायन प्रस्तुती समेत राख्दै कार्यक्रमलाई थप आकर्षक बनाएका थिए ।
सहभागी विद्यार्थीहरुमा कक्षा १२ का रोशन कुमार साह प्रथम कक्षा १२ का ज्योती कुमारी रजक कक्षा ११ का पूmलकुमारी मंडल, तृतिय स्थान ल्याएर उत्कृष्ट भएका थिए । उत्कृष्ट छात्रछात्राहरुलाई प्रमुख अतिथी एवं अध्यक्ष दिनेश्वर यादव द्वारा पुरस्कार प्रदान गरिएको थियो ।
कार्यक्रममा निर्णायक मण्डलमा शिक्षक श्रवण कुमार मंडल, प्रभु नारायण यादव, बलराम यादव रहदै निष्पक्ष अंक दिन प्रयास गरेका थिए । सोही कार्यक्रममा प्रमुख अतिथी लगायत पत्रकार भूपदेव माली, जयसुन्दर यादव र श्रवण मंडलले शुभकामना मन्तव्य राखेका थिए ।