लिलाकान्त यादव,
राजविराज ०९ बैशाख ।
सप्तरीको हनुमाननगर कंकालिनी नपामा दोश्रो पटकको कोरोना रोकथामको खोप दिने कार्य तिव्र गतिमा भईरहेको छ ।
पहिलो पटकको खोप लगाएको २८ दिन पछि दोश्रो पटक अर्थात अन्तिम पटकको खोप लगाउने प्रावधान भएको हुदाँ दुई महिना भन्दा वढी समय पश्चात सो अन्तिम खोप लगाउन थालिएको हो ।
विशेषगरी स्वास्थ्यकर्मीहरु, प्रहरी प्रशासनका कर्मचारीहरु संचारकर्मीहरु जनप्रतिनिधिहरुलाई लक्षित गरि सो अन्तिम पटकको खोप ३ दिन भित्र दिसक्नु पर्ने जनाएको छ ।
हिजो बुधवार देखि नै प्रारम्भ भएको सो कोरोना खोप कार्यक्रममा हिजो ११८ जना र आज १८० जना गरी जम्मा २९८ जना मानिसहरु सो कोरोना विरुद्धको कोभिड शिल्ड भ्याक्सिन दिएको भारदह अस्पतालका सूचना अधिकारी धर्मेन्द्र खडगा(सोनु) ले जानकारी गराउनु भयो ।