राजविराज १८ भाद्र ।
प्रहरीलाई स्वास्थ्य तथा सरसफाई सामग्री प्रदान गरिएको छ । कोरोनाको जोखिमपूर्ण घडीमा प्रदान गरिएको सो सामग्री सप्तरीको बोदे बर्साईन नगरपालिकामा समग्र जन उत्थान केन्द्र लहान – ६ सिरहा द्वारा यु.के.एड को आर्थिक सहयोग भीएसओ नेपाल तथा ईन्टरनेशनल अलर्टको साझेदारीमा संचालित सहज परियोजना अन्तर्गत ईलाका प्रहरी कार्यालय बोदे बर्साईन सप्तरीमा हस्तान्तरण गरेकाछन् । उक्त स्वास्थ्य सामग्री वितरण कार्यक्रममा समग्र जन उत्थान केन्द्र कार्यकारी निर्देशक देवराज पोखरेल ,भीएसओ नेपालका प्रतिनिधि सुनिल कुमार साह,ईन्टरनेशनल अलर्टका सरोज कुमार भुसाल , समग्र जन उत्थानका स्थानीय स्वयंसेवक सहजकर्ता लोकेन्द्र प्रसाद यादव , ओम प्रकाश ठाकुर लगायतको उपस्थिति थियो । एक कार्यक्रमका बिच सरसफाइ सामग्री बोदे बर्साईन नगरपालिका नगर प्रमुख आतेश कुमार सिंह यादवले ई.प्र.का बोदे बर्साईन कार्यालय प्रमुख प्रहरी सहायक निरीक्षक अयोध्या शरन यादवलाई हस्तान्तरण गरेका छन् ।
विश्वभरी महामारीको रूपमा फैलिएको कोरोना भाइरस नियन्त्रणकका लागि सर्जिकल मासक २०० पिस , k95 मास्क ५० पिस,सेन्टाईजर जेल १२० पिस,ह्यान्ड वासिङ्ग शोप ५० पिस, सेन्टाईजर डिसपेन्सोर १ पिस ,सेन्टाईजर जेल ५ लिटर , फेस सिल्ड ५ पिस, पिपिई ५ पिस स्वास्थ्य सरसफाइ सामग्री प्रदान गरेको समग्र जन उत्थान केन्द्रका कार्यकारी निर्देशक देवराज पोखरेलले बताए ।