लिलाकान्त यादव,
राजविराज, २४ कार्तिक ।
सप्तरीको हनुमाननगर कंकालिनी नपा ३, पोर्ताहा स्थित कोशी कोलोनी भित्र एक जनालाई संघातिक तवरले कुटपिट गरेका छन् ।
कोशी कोलोनी कै जग्गामा करेसा बारीको छेउबाट कदमलाल रामको छोरालाई संजिव रामले धानको बाली बाहक टैक्टर लैजाने क्रममा सोही स्थान बस्ने बारीवाला जगदीश राउत मेहतर तथा निजका छोरा संजय राउत मेहतरले फलामे रडले निर्घात कुटपिट गरेका छन् ।
पिडित रामको अनुहार रगताम्य भएकोले तत्काल भारदह अस्पतालमा उपचारका लागि भर्ना गरिएको छभने पिडक संजय राउत मेहतरलाइ इलाका प्रहरी कार्यालय भारदहले नियन्त्रणमा लिएका छन् ।
राती करिव ८ः०० बजेतिर कुटपिट भएको सो घटना राउतले बारीबाट टैक्टर लगिएको निहुँमा भएको स्थानियहरुले बताए । सानोतिनो विषयमा मर्नासन्न गरी कुटेको हुदाँ पिडक राउतलाइृ कानुनी कार्वाही हुनै पर्दछ स्थानियहरुको माँग रहेको छ ।