लिलाकान्त यादव,
राजविराज १८ कार्तिक ।
सप्तरीको हनुमाननगर कंकालिनी नपा १ भारदहमा महिला तथा बालबालिका हिंसा उन्मूलन सम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न भएको छ ।
सामुदायिक प्रहरीका कार्यक्रम अभियान अन्तर्गत सम्पन्न सो कार्यक्रम इलाका प्रहरी कार्यालय भारदहको आयोजनामा सम्पन्न सो कार्यक्रममा महिला एवं बालबालिकाहरुको अधिकारलाई उघृत गर्दै यिनीहरु माथि कसैबाट कुनै प्रकारले हिंसा भए कानुनी ब्यवस्थालाई विश्लेसन सहितको प्रशिक्षण दिएको थियो । कार्यालय प्रमुख प्र.ना.नि. धनबहादुर खड्गाले प्रशिक्षण दिएको सो कार्यक्रममा गाउँटोलका महिला, पुरुष र बालबालिकाहरु सहभागी भएका थिए । महिला तथा बालबालिकाहरुको अधिकार संरक्षण र यिनी माथि हुने हिंसात्मक व्यवहार नियन्त्रण सम्बन्धमा निःशुल्क कानुनी व्यवस्था भएको जनचेतनाका लागि सम्पन्न सो कार्यक्रममा ट्राफिक पोष्ट भारदहका प्रमुख प्र.स.नि. उपेन्द्र महतो सहितको उपस्थिती रहेको थियो ।