लिलाकान्त यादव,
सप्तरी, २५ असोज ।
नेपाल ट्रेड युनियन काँग्रेस हनुमाननगर कंकालिनी नगरपालिकाको पालिकास्तरको एक भेलाले तदर्थ कार्य समिति गठन गरेको छ । सो भेलाले नगरपालिका स्तरीय कमलेशवर बिराजीको अध्यक्षमा १३ सदस्य तदर्थ कार्य समिति गठन गरेको छ ।
जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिकास्थित राष्ट्रिय मनिदेवी बाबुलाल अग्रवाल आधारभुत बिद्यालय हनुमाननगरमा नेपाल ट्रेड युनियन काँग्रेस सप्तरीका जिल्ला अध्यक्ष मनोज कुमार मण्डलको अध्यक्षतामा बसेको भेलाले तदर्थ समिति गठन गरिएको हो ।
नेपाल ट्रेड युनियन काँग्रेसको केन्द्रीय बरिष्ठ उपाध्यक्ष महेन्द्र प्रसाद यादवको प्रमुख अतिथ्यिमा स्थानिय तह हनुमाननगर कंकालनी नगर भेला सम्पन्न गरिएको थियो ।
नव गठित समितिको उपाध्यक्षमा हरिनारायण मण्डल, महिला उपाध्यक्ष, सीता परियार,सचिव कमल मेहता,सह–सचिव बिरेन्द्र यादव, कोषाअध्यक्षमा बिपिन कुमार कर्ण रहेको नेपाल ट्रेड युनियन काँग्रेस जनाइएको छ ।
त्यस्तै सदस्यमा श्रीकान्त ठाकुर, अरुण यादव, बसनत कुमार यादव, अशोक कुमार मेहता, महिला सदस्यमा खुश्वु कुमारी गुप्ता, सुमन गोस्वामी, गौरीदेवी यादव लगायतका रहेका छन ।
सो भेला कार्यक्रममा बिष्टि अतिथि केन्द्रीय उपमहासचिव ज्योति कोइराला, नेपाल शिक्षक सघीय कार्य समिति उपमहासचिव प्रशुराम यादव, नेपाल कृषक श्रमिक संघका पुर्व महासचिव उमेश मिश्र, बिद्यालयका प्रअ कमल मेहता, नाई संघका अध्यक्ष नारायण ठाकुर सहितकाले यस नगरपालिका भित्र रहेका काँग्रेस ट्रेड युनियन संग आवद्ध कर्मचारीहरु एक हुनुपर्नेमा जोड दिएका छन ।
एकता नै राम्रो सन्देश भएकाले हनुमाननगर कंकालनी नगरपालिका भित्र रहेका हरेक कर्मचारी, श्रमिक, मजदुर, ब्यवसायीहरुले एकता देखाउनुपर्ने भन्दै कसैलाई कुनै किसिमको समस्या परेमा यस नव गठित समितिले सहयोग गर्नु पर्ने सहभागिहरुले बताएका छन । संगठन मजबुत भएमात्र एकता हुने भन्दै यसमा सबैको सहयोग हुनुपर्ने बिभिन्न वक्तहरुले जोड दिएका छन ।