लिलाकान्त यादव,
राजविराज १४ असोज ।
खड्ग नपा ३ बनरझुल्ला स्थित स्वास्थ्य चौकीमा अपाङ्गता संवेदनशील विषयक कार्यक्रम सम्पन्न भएको छ ।
स्वास्थ्य चौकी प्रमुख लक्ष्मी प्रसाद चोधरीको अध्यक्षतामा, प्रमुख अतिथी वडा नं. ३ का वडा अध्यक्ष दमक लाल चौधरी एवं प्रदेश २ का राष्ट्रिय अपाङ्ग महासंघका पूर्व सचिव रामचन्द्र यादवको विशिष्ट अतिथ्यमा सम्पन्न सो कार्यक्रम अपाङ्गताको बुझाईमा समानता ल्याउन अपाङ्गको पहिचान, वर्गीकरण र विद्यमान समस्याहरुलाई कम गर्दै स्वास्थ्य संस्थाले प्रदान गर्र्दै आईरहेको सेवहरुमा प्रभावकारी तथा प्रजनन स्वास्थ्य सेवाहरुलाई थप मैत्री बनाउने उद्देश्य रहेको थियो ।
बिरेन्द्र कुमार चौधरीले सहजीकरण गरिएको सो कार्यक्रममा सातजना पुरुष र तिनजना महिला गरी जम्मा दश जना स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा ‘हामीले घरदैलोमा गएर पनि अपाङ्गहरुको पहिचान गर्दै नेपाल सरकार द्वारा प्रदत सवै स्वास्थ्य सम्बन्धी सेवाहरुमा प्राथमितकता साथ सहयोग गर्नेै बानीलाई संस्थागत गर्नु पर्दछ ।’ विशिष्ट अतिथीले आफ्नो मन्तव्यमा राखेका थिए ।
नेपाल सरकारले प्रदान गरिएका स्वास्थ्य सेवाहरु देशका हरेक अपाङ्गहरु पाउनु पर्ने नीति अनुरुप सप्तरीका विभिन्न स्वास्थ्यकर्मीहरुलाई सचेत पार्न विभिन्न स्वास्थ्य चौकीहरुमा निरन्तर कार्यक्रमहरु हुने कुरा विरेन्द्र चौधरीले जानकारी गराए ।
यसरी नै सोही कार्यक्रम रुपनी गापाको बसविट्टी स्थित स्वास्थ्य चौकीमा पनि सम्पन्न भएको छ । जो कार्यक्रमलाई रामचन्द्र यादवले सहजीकरण गरेका थिए ।