लिलाकान्त यादव,
राजविराज ०७ असोज ।
सप्तरीको विभिन्न भारतीय नाकाहरुबाट भन्सार छली नेपाल तर्फ भित्रियाएको रु. ७०५१०।– मुल्य बरावरको समानहरु प्रहरीले पक्राउ गरेका छन् ।
कोरोना महामारी नफैलिन लगाएको लकडाउन तथा निषेधाज्ञाको बेला सप्तरीका अपराध रोकथाम तथा नियन्त्रण र शान्ति सुरक्षामा खटिएका प्रहरी द्वारा सो समानहरु रेडिमेड कपडाहरु १६२ थान, रेडीमेड मंगलसुत्र २६ थान, रेडिमेड पायल १६ थान, मोतीको हार १० प्याकेट, नाकको फुलिया १६ प्याकट नियन्त्रणमा लिइएका छन् । यसरी नै मोटरसाईकल २ थान स. ६ प. ७३९, को १० प २६२१ बरामद र राजविराज १२ बस्ने राजिव यादवलाई नियन्त्रणमा राखीएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
भन्सार छली ल्याएको समानहरु नेपालमा विक्री गरि मोटो रकम कमाउने उद्देश्यका निज यादवलाई कानुनी प्रक्रियामा लाने जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरिक्षक तिलक भारतीले जानकारी गराए ।