लिलाकान्त यादव,
राजविराज ०२ असोज ।
जनता समाजवादी पार्टीले संविधान दिवस बहिष्कार गर्ने घोषणा गरेको छ । जसपाले शुक्रवार एक विज्ञप्ती जारी गर्दै संविधान दिवस वहिष्कार गर्दै शान्तिपूर्ण रुपमा विरोध गर्ने घोषणा गरेको हो ।
संविधान सवै समुदायको हकहित नभई अपुरो र अपूर्ण रहेको तथा संविधानमा विभेदकारी र दमनकारी प्रावधानहरु समेत राखिएकोले सरकार द्वारा घोषणा गरेको संविधान दिवसमा जसपाले सहभागी नभई विरोध गर्ने पार्टीका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवको हस्ताक्षर भएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
संविधानमा संघियता, समावेशी, लोकतन्त्र, राष्ट्रिय पहिचान, समानुपातिक समावेशीकरण लगायतका प्रावधान अधुरो र अपुर्ण भएको ठहर गर्दै सो वहिष्कार गर्ने घोषणा गरिएको अध्यक्षद्वयको भनाई छ ।
संविधानमा रहेका त्रुटिपूर्ण प्रावधानहरुलाई संसोधन गर्न संविधान दिवसको अवसरमा असोज ३ गते विभिन्न स्थानहरुमा शान्तिपूर्ण विरोध कार्यक्रमहरु आयोजना गर्ने आम जनसमुदाय र पार्टी संगठनलाई अव्हान गरिएको छ ।