ईमधेश न्यूज सम्वाददाता,
राजविराज, २० फाल्गुन ।
हनुमाननगर कंकालिनी न.पा–९ स्थित रहेको महाविर मा.वि.को विद्यालय व्यवस्थापन समितिको चुनाव शनिवार सम्पन्न भएको छ । विगत १३ साल देखी विद्यालय व्यवस्थापन समिति विना नै रहेको थियो ।
विभिन्न वाधा व्यवधानलाई चिरदै विद्यालय रहेको वडाका वडा अध्यक्ष हरिशचन्द्र वर्माले जसरी भएपनि विद्यालयको उज्जवल भविष्यको लागी विद्यालय व्यवस्थापन समिती गठन गरेर छाडने अडान पछी मात्र चुनावको माध्यमबाट सम्पन्न भएको हो ।
४ जना सदस्यको लागि चुनाव भएको हो ।
उक्त चुनावमा पूर्व मेयर शैलेश कुमार साहको समुहको सम्पूर्ण उम्मेदवार विजय भएको छ ।
प्रतिस्पर्धामा जनमत र माओवादी संयुक्त रुपमा थियो भने कांग्रेसले २ वटा सदस्यको लागी मात्र उम्मेदवारी दिएको थियो । जसपाका समूह द्वारा ४ वटा सदस्यको लागी उम्मेदवारी दिई ४ वटै सदस्यहरु विजय भएका छन् । जसपाका केही कार्यकर्ता तथा निर्वाचित वडा अध्यक्ष र सदस्य समेतले जनमत र माओवादीको गुटलाई सघाएको थियो । जम्मा भोटर १०३० जना रहेको उक्त चुनावमा ८६६ वटा मत खसेको कुरा विद्यालयका प्र.अ. छत्र नारायण दासले बताएका छन । जसमा जसपा समूहका हाँस छापबाट श्रीमती रंजुदेवी मेहता ४३३ मत, कल छापबाट श्रीमती सवित्री देवी खंग ४३१ मत, चश्मा छापबाट भगवती मिश्र ४०४ मत र ढोलक छापबाट रामचन्द्र मंडल ले ३७६ मत प्राप्त गरी विजय भएका छन । उक्त चुनावमा ७७ वटा मत वदर भएको थियो ।