लिलाकान्त यादव,
राजविराज २८ बैशाख ।
सप्तरीमा मंगलवार ४४ जनामा कोरोना पुष्टि भएको छ । गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा ७१ जनामा पिसिआर परिक्षण गरिएकोमा ४४ जनाको रिर्पोट पोजिटिभ आएको कुरा स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
कार्यालयको निमित प्रमुख दुनियालाल यादवको अनुसार छिन्नमस्ता ६ की एक महिला, राजविराज १ का ५३ बर्षिय पुरुष, वडा नं. २का ३४, ३७ वर्षिय महिला, वार्ड नं. ३ का २१, ३९ र अन्दाजी ६८,३३ वर्षिय पुरुष, वडा नं. ४ का ३२,५७ वर्षिय महिला, एक पुरुषमा, वडा नं. ५ को ३१ वर्षिय महिला, वडा नं. ६ को २९, २०, २०, ४० र ४४ वर्षिय महिला, १९, ३७, ४१ र ५३ वर्षिय, वडा नं. ७ को एक महिला, २२, ३७,४८, ५८ वर्षिय पुरुष, वडा नं. ८ को २६,३४ वर्षिय पुरुष र २८ वर्षिय महिला, वडा नं. १६ को ५६ वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
यसरी नै खडक नपा ८ र ९ को ५२ वर्षिय र ३७ वर्षिय पुरुष छन । विषनुपुर वडा नं. १ का ४२ वर्षिय, तिरहुत ४का ४२ महिला, १४ वर्षिय पुरुष, हनुमाननगर कंकालिनी नपा १४ को ४२ वर्षिय पुरुष, बोदेबरसाईन नपा ४ को ७३ वर्षिय पुरुष, डाक्नेश्वरी नपा को ६२ वर्षिय पुरुष र अग्निसाईर कृष्णासावरन २को ४० वर्षिय पुरुषमा संक्रमण पुष्टि भएको कुरा स्वास्थ्य कार्यालयको निमित दुनियालाल यादवले जानकारी गराएका छन् । अहिले सम्ममा संक्रमितको संख्या २४१ पुगेको छ । आज ५ जना संक्रमण मुक्त भएको छ ।