लिलाकान्त यादव,
राजविराज, २१ माघ ।
सप्तरीको राजगढ गापा १ झुटकी स्थित एक पोखरीमा बुधवार मानव कंकाल फेला परेको छ ।
झुटकी स्थित प्रहरी चौकी देखि ३०० मिटरको दुरीमा तथा दक्षिण–पुर्वको दिशामा रहेको ठारी पोखरीलाई जिर्णेद्वार गर्ने क्रममा पोखरीको पानी सुखाउँदाको अवस्थामा नरकंकाल फेला परेको हो ।
राजगढ गापा १ झुटकी बस्ने धनई पण्डितको श्रीमती(पत्नि) वर्ष ७५ की रासो देवीको सो कंकाल भएको शवको साडी, अन्य लुगा, अनुहारको बनावट र दाँतको आधारमा पहिचान गरी पुष्टि गर्दै तत्काल घरपरिवारका मानिसहरुले सनाखत गरी सो कंकाललाई सदगतका लागि प्रहरीले आफन्तलाई जिम्मा दिएको छ ।
मृतक रासो देवीको मानसिक सन्तुलन विग्रिएको हुनाले मिति २०७७।०४।३० गते राती ११ः०० बजेको समयबाट वेपता रहेको बताएको छ ।
मृतक मानसिक संतुलन विग्रिएकै कारणले पानीमा डुबेर मृत्यू भएको अथवा अन्य कारणबाट मरेको भन्नेबारे अनुसंधान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।