लिलाकान्त यादव,
राजविराज १४ माघ ।
हनुमाननगर कंकालिनी नपा, महदेवा गापा, कोशी गापा तथा सप्तकोशी नपा ले पौष पुर्णिमाका दिन हुने कोशी स्नान मेलाका लागि विहिवार विदा दिएको छ । गाउँ तथा नगर क्षेत्रमा रहेका अस्पताल र स्वास्थ्य चौकी बाहेक अन्य क्षेत्रमा सो मेला मनाउन विहिवार विदा दिएको हो ।
उपरोक्त गाउँ तथा नगर पालिका मातहतमा माघ १५ गते पौष शुक्ल पुर्णिमाको दिन यो क्षेत्रमा भव्य मेला आयोजना हुने भएको र सोही दिन हिन्दु अनुयायीहरुको कोशी स्नान गर्ने शुभ साईत भएकोले एक दिनका लागि स्वास्थ्य सेवा बाहेक अन्य कार्यालयहरुमा विदा चारवटै गाउँ एवं नगरपालिकाले एक सूचना जारी गरी घोषणा गरेको छ ।