लिलाकान्त यादव,
राजविराज २६ भाद्र ।
जिल्ला सप्तरी अपराध रोकथाम तथा नियन्त्रण र शान्ति सुरक्षा लगायत हाल विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस संक्रमणको रोकथाम तथा नियन्त्रणको लागि तिलाठी कोईलाडी गा.पा.५ बनरझुला स्थितमा २ नं. प्रदेश प्रधान कार्यालय जनकपुरबाट सादा पोसाक, ईलाका प्रहरी कार्यालय हनुमाननगरबाट प्र.ना.नि. र प्र.चौ.कोईलाडी बसाईनबाट प्र.स.नि. सहित खटिएका प्रहरीको संयुक्त टोलीले लुकाई छिपाई राखिएको २४४ काटुन दिलवाले नामक मदिरा बरामद गरी भन्सार कार्यालय बुझाउने कार्य भई रहेका छन् ।
यसरी नै जिल्ला सप्तरी स्थित विभिन्न स्थानमा खटीएका प्रहरी टोलीद्वारा ७ वटा भट्टी सहित तयारी मदिरा १५ लिटर, कच्चा पदार्थ ६०० लिटर, प्लाष्टिकको भाँडा २५ वटा, अल्मुनियमको भाँडा ५ वटा, माटोको भाँडा ३ वटा र मेसिन १ थान नियन्त्रणमा लिई सोही स्थानमा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी गराएका छन ।