लिलाकान्त यादव,
राजविराज ०८ माघ ।
सप्तरीको हनुमाननगर कंकालिनी नपा ३ पोर्ताहा स्थित भारदह बाजारमा नेपाली काँग्रेस वडा नं. ३ कार्य समिति द्वारा संसद विघटन विरुद्ध विहिवार विरोध सभा सम्पन्न गरेको छ ।
नेपाली काँग्रेस स्थानीय नेता मुरलीधर खिडहरी यादवको नेतृत्वमा भएको सो कार्यक्रममा पोर्ताहाबाट निकालिएको जुलुस भारदह बाजार परिक्रमा गरी सभामा परिणत भएको थियो ।
लगभग ३ सय जना भन्दा वढी मानिसहरुको सहभागिता भएको सो कार्यक्रममा अध्यक्षता मुरली धर खिडहरी यादवले गरेका थिएभने कार्यक्रम संचालन घिरेन्द्र रामले गरेका थिए ।
नेकपाको आफ्नै पार्टी भित्र कलहका कारण प्रधानमंत्री ओलीले प्रतिनिधि सभा भंग गरी देशलाई नयाँ जनादेशमा लगिनु असंबैधानिक तथा अलोकतान्त्रिक भएको ठहर गर्दै राष्ट्रपतिले आफ्नो निर्णय फिर्ता लिनु पर्ने धारणा ब्यक्त गर्दै मो. जुमराती, महेन्द्रयादव लगायतकाले आ–आफ्ना धारणा राखेका थिए ।