लिलाकान्त यादव,
राजविराज २६ मंसिर ।
प्रदेश २ का भूमि व्यवस्थापन कृषि तथा सहकारी मंत्री शैलेन्द्र कुमार साहको सम्पर्क कार्यालयको उद्घाटन भएको छ । सप्तरीको राजविराजको हनुमाननगर रोडमा सो कार्यालय शुक्रवार उद्घाटन भएको हो ।
जनताहरु तथा पार्टीका कार्यकर्ताहरुसँग प्रत्यक्ष भेटवर्ता गरी समस्याहरु बुझ्ने उदेद्दयले स्थापना गरिएको सो उद्घाटन समारोहका अध्यक्षता मंत्री साहले गरेका थिए भने कार्यक्रम दिनेश यादवले संचालन गर्नुभएको थियो । उक्त कार्यक्रममा सभासद नेत्र बिक्रम साह ,जनता समाजवादि पार्टीका केन्द्रीय सदस्यहरु भिमराज यादव ,अशाेक यादव ,सत्यनारायण यादव,अमरनाथ मण्डल ,जिल्ला समन्वय समितिका सभापति प्रभाकर यादव मनाेज ,पार्टीका मुख्य सचिव शम्भु झा लगायतकाहरुले आ आफ्नाे शुभकामना मन्तव्य ब्यक्त गर्नुभएको थियाे । यस्तै राजविराज नगरपालिकाका मेयर शम्भु यादव ,तिलाठि काेइलाडि गाउपालिकाका अध्यक्ष सतिश कुमार सिह ,उपाध्यक्ष सुचिता कुमारि यादव ,महदेवा गाउपालिकाकि अध्यक्ष दिपक यादव ,छिन्नमस्ता गाउपालिकाकि उपाध्यक्ष उषा कुमारि मण्डल ,छिन्नमस्ता गाउपालिका वडा न.१ का वडाअध्यक्ष बिनाेद कुमार यादव ,तिलाठि काेइलाडि गाउपालिकाका वडाअध्यक्ष लक्ष्मि मण्डल ,राजविराज नगरपालिकाका वडाअध्यक्ष अरुण कुमार यादव लगायतका बक्ताहरुले सम्पर्क कार्यालय उदघाटन संगै नेता कार्यकर्ताहरुकाे जमघटका साथै नेता कार्यकर्ताहरुकाे समस्या समाधानकाे उपाय समेत भएको बताउनुभयाे ।कार्यक्रममा पार्टीका विघार्थिका केन्द्रीय अध्यक्ष किशाेर कुमार यादव ,सत्यनारायण मुखिया ,महेश यादव ,महिला नेतृ मिरा यादव ,सत्यनारायण यादव ,नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष श्याम सुन्दर यादव ,उमेश कुमार यादव लगायतका बक्ताहरुले आ आफनाे शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।सम्पन्न सो समारोहमा वक्ताहरुले स्थापित कार्यलय द्वारा जनतालाई सहज रुपमा समस्या राख्न सक्ने लाभ सम्बन्धमा र सँगै पार्टी अब नेपालको एक सशक्त दलको रुपमा परिणत भएकोले निकट भविष्यमा मधेशीको समग्र अधिकार प्राप्तिमा बेर नलाग्ने’ विषयमा धारणा राखेका थिए ।