लिलाकान्त यादव,
राजविराज २४ मंसिर ।
सप्तरीको तिलाठी कोईलाडीको सिमामा सदा पोशाकमा रहेका नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच बुधवार झडप भएको छ ।
तिलाठी निकट नेपाल भारतको कुनौली नाका खाडो खोलाको छेउमा अवस्थित सशस्त्र प्रहरीको चेकजाँच स्थल नजिकै सादा पोसाकमा रहेका दुई संगठनका जवान बीच झडप भएको हो ।सदरमुकाम राजविराजबाट सादा पोसाकमा गएको नेपाल प्रहरीको टोलीले सशस्त्रको चेकजाँचस्थल नजिक भारतबाट आउँदै गरेकाहरुलाई चेक गर्न थालेपछि दुवै सुरक्षा निकायबीच भनाभन सुरु भएको थियो ।पछि त्यही भनाभन कुटपिटमा परिणत भएको हो ।
सिमा पारी भारतबाट नेपाल प्रवेश गरेकाहरुलाई चेक गर्ने क्रममा दुवै सुरक्षा निकायका जवानबीच भएको सो विवाद बढ्दै जाँदा कुटपिटमा परिणत भएको हो । कोरोना महामारीपछि नेपाल सरकारले सीमा सिल गरेको भए पनि सीमाबाट दैनिक सयौंको संख्यामा मानिस ओहोरदोहोर गर्ने गरेकाले सो चेकजाँच राखिएको थियो ।