अशोक झा
राजविराज, ३२ श्रावण । सप्तरीमा आइतवार एकजना कार्यालय प्रमुख र एकजना योजना प्रमुख सहित जम्मा ६ जनामा कोरोनाको संक्रमणको पुष्टि भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियाँलाल यादवले दिएको जानकारी अनुसार राजविराजका एकजना कार्यालय प्रमुख र एक जना योजना प्रमुखमा कोरोना संक्रमणको पुष्टि भएको छ ।
त्यस्तै जिल्लाको छिन्नमस्ता गाउँपालिका वडा नं. ४ लालापट्टीका ४ जनामा समेत संक्रमणको पुष्टि भएको छ ।
संक्रमितहरुलाई राजविराज स्थित आइसोलेशन कक्षमा ल्याउने तयारी भई रहेको निमित्त प्रमुख यादवले बताए ।