जितेन्द्र यादव
मंसिर २३ गते सप्तरी।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको कार्यालयमा स्थानीय किसानहरू द्वारा तालाबन्दी एवं बिरोध प्रदर्शन गरेका छन्।
नगरपालिकले नगरका कृषकहरुका लागि समयमा मल- खाद उपलब्ध नगराएको र केही मात्रामा गराए पनि मेयर वीरेन्द्र कुमार माझीले आफ्नो जाति तथा शुभचिन्तकहरुलाई मात्र वितरण र कालोबजारी गरिएको भन्दै खाद लिन पुगेका आक्रोशित किसानहरूले नगरपालिकाको कार्यालयमा तालाबन्दी गरी सडक जाम गर्दै विरोध प्रदर्शन गरेका हुन्।
कृषि डिलर तथा किसानहरु सँग खाद-मल,विउ-विजनहरूको खरिद गर्न अग्रिम रकमहरू लिएर मलखाद तथा विउविजनहरु खरिद गरी ल्याइएको नगरपालिकाका मेयर तथा केही वडा अध्यक्ष एवं कर्मचारीहरुको मिलीभगतमा कालोबजारी गरिएको र बचेखुचेका मलखाद आ-आफ्ना शुभचिन्तकहरुलाई मात्र वितरण गरी अन्य किसानका लागि चोरेर राखिएको गोदाममा ताल्चा लगाएको सो अवस्था हेरेर स्थानीय कृषकहरुले नगरपालिका कार्यालयमा तालाबन्दी गरेको वडा नम्बर १२, हनुमाननगरका वडाध्यक्ष शिवचन्द्र मुखियाले बताउनु भयो।
यो यो नगरपालिकामा व्यापकरुपमा मलखाद तथा बीउबिजनको कालोबजारी भइरहेको विरोध प्रदर्शनमा सहभागीहरु बाट गुनासोको प्रतिक्रियाहरु आए।
यसरी नै वडा नम्बर-१,भारदहका सुरेन्द्र मण्डलले भारदहकाे बि.पि. स्मारक पब्लिक माध्यमिक बिद्यालयको प्रागंणमा बिहानै देखि खाद्द -मलको कुपनहरु बाँडेर भारदहका केही आफन्त एवं शुभचिन्तकहरुलाई खाद्य वितरण गरेपनि पोर्ताहाका किसानहरु खाद लिन पुग्दा गोदाममा ताल्चा लगाउँदै मलखाद रितिएको अभिव्यक्ति दिँदा उपस्थित किसानहरुले आक्रोशित भई गोदाममा ताल्चा लगाई हुलदंगा गरेका थिए।