जितेन्द्र यादव , ७ माघ सप्तरी । सप्तरीको हनुमाननगर कंकालिनि नगरपालिका ८ स्वास्थ उपचार केन्द्र योगिनिया मा नगरपालिका र गोल्डेन हस्पिटल को आयोजनामा संचालित एक दिने निशुल्क स्वास्थ्य शिविर शनिवार सम्पन्न भएको छ ।
सो शिविरमा १३६० जनाले स्वास्थ्य उपचार गर्न नाम दर्ता गराएपनि १३०० बिरामीहरुले उपचार गराए जसमा उपलब्ध चिकित्सकहरु डा श्याम कुमार रोैनियार डा रोशन खतिवडा , डा रंजिब यादव , डा सरोज यादव , डा अशोक मंडल , डा कोसल , डा बालेश्वर यादव , कोमल गुप्ता लगायत स्वास्थ्य चोैकि का चिकित्सक सहयोगीहरु थिए ।बिरामीहरुको स्वास्थ्य जाँच गर्दा डा श्याम रोैनियार ५००, रोशन खतिवडा ३०० डा वालेश्वर यादब ३०० र कोमल गुप्ता २०० बिरामीलाई उपचार गरेको प्राविधिक सहयोगी दोरिक मण्डल ले जानकारी गराउनु भयो ।
सो कार्यक्रममा नगर प्रमुख विरेन्द्र माझीले गोल्डेनको टोलिलाई धन्यवाद दिदै स्वास्थ्य क्षेत्रमा पहुच नभएका नागरिकहरूको निःशुल्क रुपमा उपचार हुनु ठुलो उपलब्धि भएको बताउनुभयो ।८ नम्बरको वडा अध्यक्ष र शिबिर संयोजक बिरेन्द्र माझी लगायतका वक्ताहरुले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
गोल्डेनबाट डा श्याम कुमार रोैनियारको नेतृत्वमा ८ जना बरिस्ठ चिकित्सकहरुले सेवा प्रदान गरेको उपचार केन्द्रले जनाएका छन । सोही अवसरमा गोल्डेनको टिमलाई ह क न पा का मेयर बिरेन्द्र माझीले माला लगाई स्वागत गरेका थिए ।