जितेन्द्र यादव,
राजविराज, ०४ माघ ।
सप्तरीको हनुमाननगर कंकालिनी नपा ३ स्थित पोर्ताहामा बसले ठक्कर दिदाँ एक साईकल यात्रीको मृत्यू भएको छ ।
ना.अ.ख ६७२ नम्बरको गजराज बसको ठक्करबाट एक जना साईकल यात्रीलाई मृत्यु भएको हो। घटनास्थलमै मृत्यु भए पश्चात जनता द्वारा २ घंटा सम्म सडक अवरुद्ध भएको थियो । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर–३ पोर्ताहा स्थित भारदह देखि कंचनपुर तर्फ जाने सडकमा विराटनगरबाट सिरहा जाने क्रममा साईकल यात्रीलाई ठक्कर दिदाँ सो दृुर्घटना भएको हो । मृत्यु हुनेमा हनुमाननगर कंकालिनी नपा ३ को अन्दाजी ७० वर्षको डम्मर विश्वासको मृत्यू भएको पुष्टि भएको छ।
दुर्घटनामा परि मृत्यू भएका विश्वासको मुचुल्का उठाई पोष्टमार्टमका लागि राजविराज स्थित गजेन्द्रनारायण सिंह अंचल अस्पताल लगिएको छ ।
दुर्घटना पश्चात बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक कार्वाही गरिेने कुरा डिएसपी रामकुमार यादवले जानकारी गराए ।