उमेश कुमार यादव,
राजविराज, ०३ भाद्र ।
समाजवादी युवा संघ केन्द्रिय समितिले एक विज्ञप्ती जारी गरिर्एको छ । भदौ १ गते ‘मंगोल हब आफिसियल’ नामक युटुब च्यानलबाट प्रसारित मंगोलियन -याप गीत देशद्रोहीमा प्रयोग भएका शब्द र दृष्यप्रति गम्भिर आपति गरिएको सो विज्ञप्तीमा यस प्रकारका गीतले सामाजिक सदभावलाई विकृत तुल्याउने सँगै नेपालका राष्ट्रिय झण्डालाई अपमान समेत गरीएको हुदाँ देशको अखण्डता माथि प्रहार भएको उल्लेख छ । नेपालको पहिचान ,समबेदनशीलता माथि प्रहार गरी प्रसारित गरिएको भत्सर्ना योग्य मात्र नभई कानुनी रुपमा अपराध भएको उल्लेख छ । यस प्रकारको गीत र गीतमा प्रयोग भएको दृष्यहरु केलाउँदा देश द्रोही ठहर गर्दै गीत बनाउनेहरु राज्यले अनुसंधान गरी कानुनी कार्वाहीको माँग गरिएको छ ।
समाजवादी युवा संघले देशका कानुनलाई उघृत गर्दै मुलुकी अपराध संहिताले पनि राष्ट्रिय झण्डाको अपमान गर्नेलाई ३ वर्ष कैद र जरिवाना समेत हुने हुदाँ उक्त प्रसारित मंगोल गीत बनाउने माथि कार्वाहीको माँग गरिएको छ ।