राजविराज, भदौ ३ गते । महादेवा गाउँपालिकामा कोराना महामारी रोकथाम तथा नियन्त्रण, औषधी खरिद,विकाश निर्माण,सवारी साधन दुरुपयोग लगायतका १५ बुदे माग पत्र वुझाएको छ । गापा अध्यक्ष दिपक कुमार यादवले अगामी बुधवार आफुले यस मागलाई समाधान गर्ने प्रतिबद्घता ब्यक्त गर्नु भयो ।
महादेवा गापाका देवराम यादव,दिपेन्द्र माझी,राजाराम यादव,अशोक मण्डल,सुरेन्द्र यादव,देव नारायण यादव,रामचन्द्र मण्डल,बब्लु यादव, लगायतको उपस्थिी रहेको थियो । वुझाएका माग पत्रमा ‘विश्व महामारीको रुप लिएको कोरोना भाईरसको महामारीमा महादेवा गाउपालिकाले आरडिटि टेस्ट, पिसीआर टेस्ट, क्वारेन्टाईन तथा राहत वितरण लगायत अन्य प्रयोजनमा संक्रमणको सुरुदेखि असार मसान्तसम्मको खर्च विवरण, विकाश निर्माण,सवारी साधन दुरुपयोग तथा आव ०७६र०७७ मा स्वास्थ्य चौकी लगायतकोमा खरिद गरिएको औषधी तथा स्वास्थ्य सामग्री खरिदको विवरण रहेको छ ।
जिल्ला प्रशासन कार्यालय सप्तरी, राष्ट्रिय सुचना आयोग काठमाण्डौंलाई वोधार्थ दिईएको उजुरी पत्रमा सडक मर्मतको लागी भएको खर्चको विवरण ,मर्मत गरिएको सडकको विवरण , शिक्षा,स्वास्थ्य,पर्यावरण,सरसफाइ,विपद व्यवस्थापन,कूषि,विधुत जडान, महिला,बालबालिका,वृद्व, अपाड्डता भएका ,तेश्रो लिड्डी,दलित,जेष्ट नागरिक,एकल महिला,टुहुरा, गैर सरकारी संस्था मार्फत गरिएका कार्यहरु,सोको लागत रकम, संधीय र प्रदेश सरकार तथा अन्य संध संस्थाबाट यस गापा क्षेत्र भित्र सञ्चालित योजनाहरु, लगायतहरुको विवरण उपलब्ध गराउन माग गरिएको छ ।