अशोक झा
राजविराज, ११ भदौं । सप्तरीका राजगढ गाउँपालिकाको बिहीवार हुने भनिएको गाउँ सभा स्थगित गरिएको छ ।
गाउँपालिकाका अधिकाँश पदाधिकारी तथा गाउँ सभा सदस्यहरुको विरोधको कारण गाउँसभा स्थगित गरिएको हो ।
वैश्विक महामारीको रुपमा फैलिएको कोरोना भाइरसको भिषम् परिस्थितिका कारण राजगढ गाउँपालिकाले गाउँपालिका भित्र रहेको विभिन्न विषयगत समिति तथा गाउँ कार्यपालिकाको बैठक बिना नै एकहोरो रुपमा बिहीवार बोलाइएको गाउँ सभा अधिकाँश वडा अध्यक्ष तथा वडा सदस्यहरुको विरोधको कारण स्थगित गरिएको छ । गाउँसभा स्थानीय तह कार्यविधिे विरुद्ध भई रहेको भन्दै स्थानीय तहको कार्यविधिमा रही पारदर्शी तरिकाबाट गाउँ सभा गराउन आग्रह गरे पश्चात बिहीवारको सभा स्थगित गरिएको छ ।
उक्त गाउँपालिकाका १७ जना प्रतिधिनिहरुले संयुक्त रुपमा एक निवेदन प्रशासकीय अधिकृत समक्ष पेश समेत गरेका छन् ।
ललित प्रसाद सिंह वडा अध्यक्ष वडा नं. २, सिताराम यादव वडा अध्यक्ष वडा न.. ३, हेम नारायण साह वडा अध्यक्ष वडा न.. ४, कमल देव यादव वडा अध्यक्ष वडा नं. ६, जलेश्वरी देवी पासवान कायपालिका सदस्य वडा नं. ३, शम्भु पण्डित वडा सदस्य वडा नं. २, फुल मोे. साह वडा सदस्य वडा नं. २, मिरादेवी सदा वडा सदस्य वडा नं. ३ र सोमनी खातुन वडा सदस्य वडा नं. २ लगायतकाले हस्ताक्षर गरी निवेदन पेश गरेका छन् ।
त्यस्तै निवेदनमा आनन्द कुमार साह, वडा सदस्य वडा नं. ३, बच्चेलाल मण्डल वडा सदस्य वडा नं. ४, हिरालाल मण्डल वडा सदस्य वडा नं. ४, चरनदेवी मण्डल वडा सदस्य वडा नं. ४, जगदम्बा देवी सदा वडा सदस्य वडा नं. ४, जिवन कुमार सिंह वडा सदस्य वडा नं. ६, किसुुन सुतिहार वडा सदस्य वडा नं. ६ र जिवछी देवी चमारनी वडा सदस्य वडा नं. ६ लगायत समेत हस्ताक्षर गर्दै गाउँसभा विधिपूर्वक गर्न माँग गरेका छन् ।