मधेश न्यूज सम्वाददाता,
राजविराज, ०७ भदौं ।
सप्तरीको मावि खुरहुरियाका प्रधानाध्यापकको आइतवार निधन भएको छ ।
जिल्लाको रुपनी गाउँपालिका वडा नं. ४ छपकी निवासी यादवलाई आइतवार दिउँसो गाउपालिकाको कार्यालयको कामले सदरमुकाम राजविराज जाने क्रममा विष्णुपुर वडा नं. ७ स्थित बाटो मै एक्कासी बेहोस भएको थियो । तत्काल गाउँपालिका कै गाडी द्वारा गजेन्द्र नारायण सिंह अञ्चल अस्पताल राजविराज लाने क्रममा मृत्यु भएको बताइएको छ ।
विष्णपुर गाउँपालिकाका शिक्षा संयोजक समेत रहेको प्रअ यादवको आइतवारै हिन्दू परम्परा अनुसार अन्तिम संस्कार गरिने बताइएको छ । नेपाल शिक्षक संघको आजीवन सदस्य समेत रहेको वहाँको निधनले शिक्षा क्षेत्रमा अपूर्णीय क्षति भएको नेपाल शिक्षक महासंघका केन्द्रिय सदस्य दिनेश कुमार यादव बताएका छन् ।