- शम्भु कु यादव
राजविराज, १० भदौं । गाविस सचिव हकहित संरक्षण केन्द्रका पूर्व अध्यक्ष गंगा प्रसाद यादवको बुधवार निधन भएको छ ।
लामो समयदेखि विरामी रहेका पूर्व अध्यक्ष यादवको बुधवारै हिन्दू परम्परा अनुसार अन्तिम संस्कार गरिएको छ । तत्कालिन जमुनी मधेपुरा घर भई हाल राजविराज नगरपालिका वडा नं. ६ निवासी यादवलाई उनका छोरा रामचन्द्र यादवले दागबत्ति दिएका थिए ।
मृतक यादव लामो समयसम्म दीर्घरोगको उपचार गराई रहेको र उनको ८५ वर्षको उमेरमा देहावसान भएको हो ।