पर्वैपर्वले भरिएको हिन्दु सँस्कृतिमा पूनः एउटा पर्व आईपुग्यो ‘अनन्त चतुदर्शी पर्व’ । यो पर्वलाई हिन्दुहरुमा बडो उत्साहका साथ मनाईने गरिन्छ । आजको दिन भागवान विष्णुको अनन्त लिलाविग्रह मुर्ति बनाई विधिवत पुजा अर्चना एवं मेला लगाउने चलन छ । खासगरी तराईबासीहरु अनन्त भगवानको मूर्ति स्थापना गरी अनन्त पूजनको आयोजना गर्ने गर्छन ।
भगवान विष्णुको अनन्त अवतारको पूजा गरिने यो पर्वलाई अनन्त चौदश पनि भनिन्छ । । १४ वर्ष सम्म अन्नत चतुदर्शी ब्रत गर्नेलाई भगवान विष्णु लोकमा बास गरिने जनविश्वास रहेको यो पर्व मनाउँदा लक्ष्मी खुशी भई धनवर्षा गरिन्छ । त्यसैले कुमकुम(रातो), केसर(रातो–पहेलो) र पहेलो रंगको मोटो धागोलाई गाँठ बाँधेर भगवान विष्णु अगाडी राखी मन्त्रोचारण द्वारा पूजा गरी हातमा बाँधिने चलन रहिआएको छ । महाभारत कालमा प्रारम्भ भएको यो पर्व पाँच पाण्डव द्वारा पहिलो पल्ट यो पर्व गरिएको शास्त्रीय प्रमाण भेटिन्छ । पाण्डवहरुले जुवा खेल्दा आफ्नो सर्वस्व गुमाएपछि यो ब्रत पूरा गरी सम्पतिको पूनआगमन भएको थियो । पाण्डवहरुले जुवा खेल्दा लक्ष्मी देवी अप्रसन्न भई पाण्डवहरु देखि टाढा गएको थियो । पछि यो अनन्त चतुदर्शी ब्रत पूरा गरेपछि लक्ष्मीजीको पूनःआगमन भई धनको बर्षा गरेको मान्यता छ ।
अनन्त चतुदर्शी पर्व तराईमा धुमधामसँग मनाउन मेलाको आयोजना हुने गर्दा यो समय मुलुक कोरोना भाईरसको महामारीको भयावह प्रकोपमा भएकोले मेलामा नगई घरमै पूजाअर्चना गर्नाले स्वास्थ्य ठिक रहने छ । अतः हामी पर्वको बहानामा भिडभाडमा नजाऔं सावधान रहौं ,हाम्रो शुरक्षार्थ स्थानीय निकायद्वारा जारि निर्देशन पालना गरौँ ।