हरेक वर्षको ३ डिसेम्वरका दिन संसारले विश्व अपाङ्गता दिवस मनाईन्छन् । संयूक्त राष्ट्र संघको १९९२ को घोषणा पत्रले देश र समाजमा अपाङ्गताहरुको समान पहुँच एवं समान व्यवहारको उद्देश्यले सो आपङ्गता दिवस मनाउन थालेको हो । आज विश्व अपाङ्गता दिवस हो र हाम्रो देशमा पनि विभिन्न संघ–संस्थाहरुले यो दिवसको अवसरमा विभिन्न कार्यक्रमहरुको आयोजना गरिएको देखिन्छ ।
आपङ्गता विभिन्न प्रकारको हुन्छ र हरेक प्रकारका अपाङ्गताका लागि विशेष प्रविधि र अन्य ब्यवस्थालाई ध्यानमा राखी नेपाल सरकार लगायत सरकारी एवं गैरसरकारी संस्थाहरुले अपाङ्गताका लागि धेरै परियोजना कानुनतः पैरवीहरु गरिरहेका छन् । अपाङ्गता भएका ब्यक्तिहरुका लागि राज्यले यथेष्ट लगानि पनि गरिरहको छ । यद्यपि यतिले मात्र प्रयाप्त छैन, अपाङ्गताहरुका लागि अपाङ्ग मैत्री शिक्षा जस्तै व्रेललिपि, साँकेतिक भाषामा शिक्षाको विकास आदि व्यवस्थ सरकारले जोड दिनु आवश्यक छ र अपाङ्गताको संख्या कम पार्न स्वास्थ्य सेवामा पनि आवश्यक व्यवस्था गर्नु पर्दछ । यसो गरे अपाङ्गता भएका ब्यक्तिले पनि एक सक्षम ब्यक्तिको रुपमा स्थापित भई देश तथा जनताको सेवा गर्न सक्षम हुनेछ र यसबाट देशलाई पनि टेवा पुग्न सक्दछ । अर्को अर्थमा भन्नुपर्दा अपाङ्गताहरुका लागि चाहिदो शिक्षा एवं सिपको यथेष्ट विकास भए तिनीहरुका लागि आम्दानीको मार्ग प्रसस्त भई अर्काको भरमा जीवनयापन गर्नु पर्ने स्थितीको उन्मूलन हुनेछ ।
संसारको कूल जनसंख्या मध्ये १५ प्रतिशत जनसंख्यालाई कुनै–नकुनै रुपमा अपाङ्गता छन् । यद्यपि आजपनि उनिहरुका्े हरेक ठाउँमा समान पहुँच मात्र छैन, समान व्यवहार पाउन पनि सकिएको छैन । अतः समाजलाई अपाङ्गता मैत्री बनाउनु पर्दछ । अपाङ्गता भएकाहरुसँग सदभावपूर्ण व्यवहार गर्नुपर्दछ ।