आजको दिन नेपाल लगायत संसारभरि नै अन्तराष्ट्रिय मानव अधिकार दिवस मनाउँदै छ । हरेक वर्षको १० डिसेम्वरमा मनाउने यो दिवस संयूक्त राष्ट्र संघले सन १९४८ को महासभा द्वारापारित गरिएको थियो । पारित गरिएका घोषणा पत्र संसारमै सबै भन्दा वढी भाषामा यो मानव अधिकार सम्बन्धी घोषणा पत्र अनुवाद भई छरिएका छन् ।
धर्म, भाषा, लिङ्ग अथवा जातिका नाममा मानव माथि हुने हिंसालाई रोक्न वा अन्त्य गर्न अपाङग भएका ब्यक्तिहरु, तेश्रो लि·ीहरु महिला, अल्पसंख्यक सिमान्तकृत समुदाय बालबालिका लगायत विभेदमा परेकाहरुलाई न्याय एवं समानता दिलाउन, अधिकारको नाममा विभिन्न प्रकारका हिंसात्मक आन्दोलन गर्दा हुने मानवीय छति रोक्नलाई तयार पारिएको सो घोषणापत्रबाट प्रेरित भई संसारमा हजारौ संघ–संस्था एवं देशले मानव अधिकार संरक्षण मार्गमा क्रियाशिल छन् ।
मानव अधिकार भित्र मान्छेको हरेक आधारभूत आवश्यकता शिक्षा, स्वास्थ्य, यात्रा, बसोबास, ब्यापार–व्यवसाय आदि गर्न र संसारमा स्वतन्त्रपूर्वक बाँच्न सक्ने व्यवस्थालाई कानुनी एव्ां व्यवहारिक रुप्मा समेत संरक्षण गर्दछ । यद्यपि संसारको क्यौं देश तथा क्षेत्रहरुमा मानव अधिकार उल्लघंन भईरहेको छ । क्यौं देशमा हिंसात्मक द्वन्दले मानव जीवन त्रसित छन् ।
हाम्रो नेपालमै पनि द्वन्दकालमा हत्या–हिंसाका हजारौ घटनाले मानव अधिकारको उल्लघंन भएको थियो र अझै पनि यदाकदा भइृ नै राखेको छ । अझ त मधेशका गाउँघर तिर महिला एवं बालबालिका माथि हुने हिंसा, अल्पसंख्यक जाति माथि बहुसंख्यक जाति द्वारा गरिने हिंसामा कमि आएको छैन । राष्ट्रिय मानव अधिकार आयोगले पनि नेपालमा मानव अधिकार कम्जोर भएको मंसिर २२ गते राष्ट्रपतिलाई बुझाएको प्रतिवेदनले पुष्टि गर्दछ ।
मानवलाई न्यूनतम मानवीय मर्यादा सहित हुर्कन, बाँच्न र जीवनयापन गर्नको लागि आवश्यक अधिकारहरुको समष्टिलाई नै मानव अधिकार भनिएको हो । यो अधिकार धनि, गरिब, ठूलासाना, काला, गोरा, महिला, पुरुष, बालक, बृद्ध, अपाङ्ग, तेश्रो लिङगी सबैलाई उतिकै आवश्यक भएकोले हामी सबैले मानव अधिकारका आवाजमा जोडदिनु आवश्यक छ । किनभने देश र समाजमा मानव अधिकार खोख्लो भयो भने हामीलाई स्वतन्त्रपूर्वक बाँच्न मुस्किल हुन्छ । त्यसैले मानव अधिकार हरेक मानवका लागि अपरिहार्य छ । आज अन्तराष्ट्रिय मानव अधिकार दिवस हो र यसलाई सार्थक तुल्याउन हामी सबैले जोडदार आवाज उठाऔं ।