दिनेश कुमार यादव,
राजविराज २१ असोज ।
प्रदेश नं. २ का विकासका लागि सदैव तत्पर रहेका भौतिक तथा पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले भोली (बिहीवार) सप्तरी आउने भएका छन् ।
सप्तरीका प्रखर समाजसेवक तथा जनसेवक योद्धा हरि प्रसाद रायको १३ औं दिनको पुण्यतिथीको अवसरमा मन्त्री सोनल सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं. ३ तरही आउने भएका छन् ।
आफ्ना छात्र जीवनबाट राजनीति शुरु गरेका समाजसेवी राय सामान्तवाद, मधेश आन्दोलन र प्रजातन्त्रको लागि आन्दोलन लगायतका मुद्दामा अग्रपंक्तिमा रहेर काम गरेका थिए ।
नेता रायले आफ्नो राजनीति जीवन नेपाली काँगे्रसमा रही २००७ सालको क्रान्तिबाट प्रारम्भ गरी पञ्चायती कालमा राजतन्त्र विरुद्ध लडदै आएको थियो । वहाँ नेपाली काँग्रेसका जिल्ला सभापति समेत रही २०४८ सालमा साँसद समेत हुनु भएको थियो । राजनीति घटनाक्रममा मधेश आन्दोलन पश्चात तराई मधेश लोकतान्त्रिक पार्टीबाट प्रथम संविधान सभाको चुनाव समेत लडेका थिए । वहाँ आफ्नो सम्पूर्ण जीवन देश र जनता प्रति न्यौछावर गरेकाले नै वहाँको पार्थिव शरीरको अन्तिम विदाई यात्रामा सैकडो नेता एवं कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।
नेता रायको पुत्र शिक्षक विजय कुमार रायले पनि जसपा निकट राष्ट्रिय शिक्षक मंच, सप्तरीका बरिष्ट सल्लाहकार रहनु भएको छ । वहाँले पनि आफ्नो बुवा सरह समाजसेवामा योगदान पुर्याउदै आएको छ । जसपा पार्टीको तर्फबाट मृगेन्द्र सिंह यादव (राजबाबु) को नेतृत्वमा पार्टीका नेता–कार्यकर्ताहरु द्वारा वहाँको पार्थिव शरीरलाई पार्टीका झण्डा ओढाएर स–सम्मान अन्तिम विदाई गरेका थिए । उक्त अवसरमा राष्ट्रिय शिक्षक मंचका सैकडो शिक्षकहरु उपस्थ्ति भई अन्तिम विदाई दिएका थिए ।
यस अघि मन्त्री सोनलले बलान नदी निरिक्षणको क्रममा सप्तरीको बलान बिहुल गाउँपालिकामा गत बिहीवार सप्तरी आएका थिए ।