दिनेश कुमार यादव,
राजविराज ०९ बैशाख ।
जनता समाजवादी पार्टी नेपाल, सप्तरीले विहिवार नव वर्ष २०७८ को शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।
नव वर्ष २०७८ तथा आजकै दिन राष्ट्रिय जनता पार्टी नेपाल र संधिय समाजवादी पार्टी नेपाल एकिकरण भएको अवसर पारेर सो शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रम गरिएको हो ।
सप्तरीको डाक्नेश्वरी नपा ८ प्रभा स्थित सकलदेव यादवको निवास स्थानमा सम्पन्न भएको सो कार्यक्रमका अध्यक्षता वडा नं. ८ का वडा अध्यक्ष उमेश यादवले गरेका थिएभने प्रमुख अतिथिको रुपमा राष्ट्रिय सभा सदस्य मृगेन्द्र कुमार सिंह यादव र विशिष्ट अतिथिको जिल्ला समन्वय समिति सप्तरीका प्रमुख प्रभाकर यादव रहेका थिए ।
साढे दुई सय भन्दा वढी नेता तथा कार्यकर्ताहरु सहभागी भएको सो कार्यक्रममा २५ जना पार्टीमा प्रवेश गरेका थिए भने नव प्रवेशीहरु मंचमा सम्मान गरिएको थियो ।
जसपाका जिल्ला सदस्य राजेश्वर प्रसाद रायले मंच संचालन गरेको सो कार्यक्रममा मधेशी अधिकारका पाँच माग पूरा गरिने दलका साथमा मात्र जसपाले सरकारमा जाने कुरा कार्यक्रममा प्रमुख अतिथि यादवले अगाडी भन्नुभयो–कुनदलसँग सरकारमा जाने वा नजाने भन्ने निर्णय केन्द्रिय समिातिको बैठक द्वारा मात्र निर्णय हुने बताउनु भयो ।