दिनेश कुमार यादव,
राजविराज, २७ माघ ।
नेपाल शिक्षक संघ सप्तरीको नवौं जिल्ला अधिवेसनको उदघाटन सत्र जिल्ला समन्वय समिति सप्तरीको सभा हलमा सम्पन्न भएको छ । उदघाटन सत्रको अध्यक्षता नेपाल शिक्षक संघ सप्तरीका जिल्ला अध्यक्ष शैलेन्द्र कुमार मंडलले गरेका थिए भने प्रमुख अतिथीको रुपमा नेपाली कांग्रेस जिल्ला अध्यक्ष रामदेव साहले गर्नु भएको थियो । कार्यक्रममा विशिष्ट अतिथीको रुपमा नेपाल शिक्षक महासंघका जिल्ला अध्यक्ष दिनेश प्रसाद यादव केन्द्रिय सदस्य दिनेश कुमार यादव, राष्ट्रिय शिक्षक संगठनका बैद्यनाथ यादव, राष्ट्रिय शिक्षक मंचका चुनचुन यादव लगायत विभिन्न शैक्षिक संगठनका प्रतिनिधिहरु उपस्थित रहेको थियो । त्यसै गरी नेपाली काँग्रेसका शत्रुधन प्रसाद यादव, बद्री महत्मान, रामकुमार यादव लगायतका नेताहरुको उपस्थिती रहेको थियो ।
नेपाल शिक्षक संघका जिल्ला सचिव विश्वनाथ भदेशवारले कार्यक्रम संचालन गरेका थिए भने शिक्षिका अरहुल साहले स्वागत गरिएको सो कार्यक्रममा शिक्षक महासंघका जिल्ला अध्यक्ष दिनेश प्रसाद यादवले शुभकामना मनतव्यमा स्थानिय तहमा शिक्षा गए देखि शिक्षाको अवस्था दयनिय भएको बताए । यसलाई गम्भीरतापूर्वक नलिए शिक्षा नै धरासयी हुने बताएका छन् । त्यसैगरी केन्द्रिय सदस्य दिनेश यादवले शैक्षिक सुधार गर्नको लागि शिक्षक, सरकार र समाजको बरावरको भागीदारी रहेकोले शिक्षकलाई मात्र दोषी बनाएर सस्तो लोकप्रियता कमाउने कार्य निरुत्साहीत नभए सम्म शैक्षिक सुधार नहुने बताएका छन् । प्रमुख अतिथी नेपाली काँग्रेसका जिल्ला अध्यक्ष रामदेव साहले शिक्षकहरुको समस्या प्रति आफु र नेपाली काँग्रेसका जिल्ला समिति गम्भीर रहेको बताएका छन् । अवकास प्राप्त शिक्षकहरुलाई सम्मान गर्नुको साथै नवनियुक्त शिक्षकहरुलाई डायरी र कलम दिएर स्वागत गरिएको थियो ।