दिनेश यादव,
राजविराज, ०३ कार्तिक ।
जनता समाजवादी पार्टी नेपालका कार्यकारणी सदस्य तथा सप्तरी १ का प्रतिनिधी सभा सदस्यका उम्मेदवार नवलकिशोर साह (रामबाबु) द्वारा विभिन्न पार्टी परित्याग गरी आएका सयौंका संख्यामा नेता तथा कार्यकर्ताहरुलाई अविर, गम्छा र सदस्यता प्रदान गरी नवप्रबेशीहरुलाई स्वागत गरेका छन् । पार्टी प्रवेश हुनेमा नेपाली कांग्रेसका निर्वाचित मधेश प्रदेश समिति उपाध्यक्ष भगवती प्रसाद यादव र तिरहुत –०४ डिमन का निवर्तमान वडा अध्यक्ष तथा प्रत्याशी वडा अध्यक्षका उम्मेदवार जनमत पार्टीका मनोज कुमार यादव तथा न्यु युनाइटेड क्लव डिमनका अध्यक्ष सहित सयौं नेपाली कांग्रेस र जनमतका नेता तथा कार्यकर्ता जसपा प्रबेश गरेका छन ।
यसरी नै पार्टी प्रवेश गर्नेहरुमा रामनारायण मुखिया, संजिव कुमार यादव, प्रदीप कुमार मुखिया, रविन यादव, सुन्दर कुमार मुखिया, शंकर मुखिया, सुरेश कुमार मुखिया, रविन्द्र कुमार
यादव लगायत सयौ नेता कार्यकर्ताहरु जसपा प्रवेश गरेका छन । उहाँहरुको पबेश संगै सप्तरी १ मा जसपाको विजय सुनिश्चित हुने आम जनसमुदायको धारणा रहेको छ ।