दिनेश कुमार यादव,
महोत्तरी, २६ पौष ।
जसपा नेपालको प्रदेश नं. २ को प्रदेश स्तरीय ३ दिने प्रदिक्षण कार्यक्रम सोमबार महोत्तरीको बर्दीवासमा सुरु भएको छ ।
जसपाका प्रदेश नं. २ का अध्यक्ष रामबाबु यादवको अध्यक्षता तथा पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्यमा शुरु भएको प्रशिक्षण कार्यक्रमको उद्घाटन सत्रमा स्वागत मन्तव्य प्रदेश उपाध्यक्ष रामप्रीत पासमानले राखेका थिए भने पार्टीका सचेतक प्रमोद साह केन्द्रिय कार्यकारिणी सदस्य मनिष सुमन, प्रदेश नं. २ का समाजिक विकास मंत्री नवल किशोर साह, मुख्य मंत्री लाल बाबु राउत लगायतकाले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रम संचालनक प्रदेश नं. २ का मुख्य सचिव दिनेश यादव रहेको तथा प्रशिक्षकहरु, पार्टी अध्यक्ष उपेन्द्र यादव, आत्माराम प्रसाद साह, अशोक राई, रकम चेम्जुङ्ग, राजेन्द्र प्रसाद श्रेष्ठ द्वारा पार्टीका भावी कार्यक्रम, दिशा निर्देश, संगठन सुदृढिकरण तथा देशका बर्तमान राजनीतिक अवस्था बारे प्रशिक्षण दिने भएको छ ।
महोत्तरी जिललाको बर्दीवास स्थित पंचधुरा पार्टी पैलेसमा सुरु गरिएको सो प्रशिक्षण कार्यक्रममा प्रदेशका नगर प्रमुखहरु, गाउँपालिका प्रमुखहरु जिल्ला स्तरीय नेता तथा कार्यकर्ताहरु, वर्गीय संगठनका प्रमुखहरु लगायतको सहभागी रहेको सो कार्यक्रम पौष २८ गते सम्म हुने सप्तरी जिल्ला कमिटीका अध्यक्ष केदार यादवले जानकारी गराए ।्
आयोजित प्रशिक्षण कार्यक्रममा आउँदो निर्वाचनलाई दृष्टिगत गर्दै जसपा नेपालका नीति तथा कार्यक्रमहरु स्पष्ट गरी कार्यकर्ताहरु विच पुर्याउने उद्देश्यले गरिएको कार्यक्रममा सहभागी हनुमाननगर कंकालिनी नपाका मेयर शैलेष कुमार साहले बताए ।