दिनेश यादव,
राजविराज ३० माघ,
सप्तरीको बोदेबरसाईनमा यज्ञ एवं मेलाको अवसरमा आयोजित बैलगाडा दौड प्रतियोगितामा बोदेबरसाईन नपा ३ मधुवनका प्रमोद यादव प्रथम विजेता भएका छन् ।
बोदेबरसाईन नपा २ योगिया स्थित दिनाराम भद्री बाबाको जन्मस्थल खडग नदीको बगर विच वैरागी बाबा जानकी दास द्वारा प्रारम्भ माघ १ गते देखि माघी स्नान तथा माघ २१ गते देखि सिताराम नाम जप यज्ञको अवसरमा शुक्रवार आयोजित बैलगाडा दौड प्रतियोगितामा प्रथम विजेता प्रमोद यादव भएको हो ।
वडा नं. २ का वडा अध्यक्ष दिगम्बर यादवको अध्यक्षता एवं नगरका मेयर आतेश कुमार सिंह यादवको प्रमुख आतिथ्यमा सम्पन्न सो प्रतियोगिता समारोहमा विशिष्ठ अतिथि जसपाका नगर संयोजक अमरेन्द्र कुमार यादव, अतिथिहरु वडा नं. १० का वडा अध्यक्ष सुमित कुमार यादव, वडा नं. ८ का वडा अध्यक्ष लक्ष्मी साह, वडा नं. ५ का मजेबुल रहमान, वडा नं. १ का वडा अध्यक्ष धिरेन्द्र कुमार यादव, जिल्ला समन्वय समितिका सदस्य मो. दाउद, मेला समितिका अध्यक्ष दयानन्द गोईत लगायतका उपस्थिती रहेको थियो ।
जम्मा २४ वटा बैलगाडाहरु भाग लिएको सो प्रतियोगितामा दोश्रो विजेता बलान बिहुल गापा बलानपट्टीका जगरनाथ यादव र तेश्रो विजेता बलान बिहुल गापा टिकुलियाका विन्देश्वर यादव भएका छन् । https://youtu.be/_96Wfi80Zzs
प्रथम विजेतालाई प्रमुख अतिथी मेयर सिंह यादव द्वारा मुङ्गा १ जोडी, बाल्टीन १ थान, खैर २५ किलो गम्छा १ थान र नगद रु. २१ सय, दोश्रो विजेतालाई मे.स. तथा बलान बिहुल गा पा अध्यक्ष दयानन्द गोईत द्वारा मुँगा १ जोडी, बाल्टीन १ थान, गम्छा १ थान, खैर १५ किलो र नगद रु. १५ सय र तेश्रो विजेतालाई मुँगा १ जोडी, बाल्टीन १ थान, गम्छा १ थान, खैर १० किलो र नगद रु. १ हजार पुरस्कार प्रदान गरिएको छ ।
मेयर आतेश कुमार सिंहद्वारा समुद्घाटन गरिएको सो प्रतियोगिता समारोहमा जसपाका नगर संयोजक एवं समाजसेवी अमरेन्द्र यादवले खडग नदी नियन्त्रण, नगर तथा जिल्लाका मानव कल्याणका लागि आयोजित यज्ञ समाज शान्तिको मार्ग अति नै प्रेरणाप्रद तथा मार्ग दर्शक भएको बताउनु भयो ।