देशको आर्थिक, वातावरणीय, सामाजिक, सास्कृतिक, प्राविधिक, धार्मिक, राजनीतिक, व्यक्ति वा संस्थाको भौतिक आदी क्षेत्रमा हुने सकारात्मक परिवर्तनलाई विकास भनिन्छ । विकास शब्दलाई उन्नति र प्रगति शब्दको रूपमा पनि प्रयोग गरिन्छ । विकास समयसंगै आवश्यकता अनुसार आफै विकसित हुँदै जाने गर्दछ । विभिन्न पक्षहरूलाई समेटने भएको कारण विकासलाई बहुआयामिक प्रक्रिया (Multidimensional process) भनिन्छ । हाम्रो समाजमा व्याप्त कुरीति, अन्धविश्वास , भेदभाव जस्ता मान्यताहरूको अन्त्य हुनु वा कम हुनु , मानिसका गलत सोचाई र व्यवहारमा परिवर्तन आउनु विकासका उदाहरण हुन् । विकास गतिशील प्रक्रिया ( Dynamic proces ) हो । यो निरन्तर चलिरहन्छ । विकासका लागी आवश्यक स्रोतसाधन मध्ये प्रकृतिक स्रोत, मानव स्रोत, खनिज स्रोत, आर्थिक स्रोत मुख्य हुन । यस्ता स्रोत साधन सहज रूपमा उपलब्ध भएमा विकासका गतिविधीहरु सञ्चालन गर्न सजिलो हुन्छ । यिनको अभावमा विकास निर्माणका गतिविधीहरुले तिब्रता लिन सक्दैन् । स्रोत साधनहरु भएपनि नेपाल अबिकसित देशको सुचिमा छन् । जसको मुख्य कारण राजनीतिकले गर्दा बिद्धान र विज्ञहरुलाई बंधक बनाउनु हो । विद्धान र विज्ञहरुलाई समानको सट्टा अपमानजनक ढंगले बंधक बनाई विद्रोही बनाउन खोजे सम्म विकासको परिकल्पना गर्न सकिदैन । यसरी मानव स्रोतको रुपमा रहेको युवाहरु विदेशीनु पनि विकासका बाधक हुन् ।
विकासको स्तरको आधारमा देशहरुलाई विकसित ( Developed) , विकासोन्मुख ( Developing) र अल्पविकसित वा अविकासित ( Underdeveloped ) गरी वर्गिकरण गरिएको छ । विकसीत देशमा गुणस्तरीय जिवन यापन गर्नुको साथै समृद्ध अर्थतन्त्र , प्राविधिक प्रगति तथा मृत्यु दर कम हुन्छ । अस्ट्रेलिया, डेनमार्क फिनल्याण्ड जस्ता देशहरू विकसित देशमा पर्दछन । यसरी नै विकासोन्मुख देशमा तिब्र रुपमा विकास भईरहेको मध्यम खालको अर्थतन्त्र , मध्यम खालको गुणस्तरीय जिवन भएको हुन्छ । भारत, चीन, साउदी अरेबीया जस्ता देशहरू यसमा पर्दछन् । विश्वमा ४७ ओटा देशहरू अतिे कम विकसित देशको सुचीमा पर्दछन् । जसमा नेपाल , भुटान , बङ्गलादेश लगायतका देशहरु पर्दछन । जहाँ कमजोर राष्ट्रिय आम्दानी , व्याप्त गरिबी , शिक्षा तथा स्वास्थ्य लगायतका सुविधाहरु पर्याप्त नहुनको साथै निम्न गुणस्तरीय जीवनयापन भएको हुन्छ ।
विकासले देश , समाज र व्यक्तिको जीवनमा प्रगती र उन्नति ल्याउनुको साथै मानिसको जिवनलाई सहज बनाउँछ । त्यसै गरी शिक्षा र सिपको विकासले स्रोतसाधनहरुको उचित प्रयोग गर्न सक्षम बनाउँछ । विकासले गाँस , बाँस र कपास जस्ता आधारभूत आवश्यकता पूर्ति गर्नमा मदत गर्नुको साथै मानिसको चेतनास्तरमा वृद्धि गरी गलत धारणा हटाउन फराकिला,े चिन्तन राख्न मद्दत गर्दछ । मानव र अन्य प्राणीको विकासका लागी प्रकृतिमा रहेको स्रोतसाधनहरूको उचित प्रयोग गरेर ब्यक्ति, समाज र राज्यको भौतिक, सामाजिक तथा आर्थिक उन्नति गर्न विकासको आवश्यकता पर्दछ ।