राजविराज ,भदौ ३१ गते । सप्तरीको महादेवा गाउँपालिकामा दर्जनौ सार्वजनिक पोखरीको ठेक्का नलगाउँदा लाखौंको राजश्व चुहावट हुने गरेको गाउँपालिका श्रोतले जनाएको छ।
यस गा पा अन्तर्गत ६ वटै वडामा रहेको सार्वजनिक पोखरीको विवरण उपलब्ध गराउन गा पा ले वडा कार्यालयको नाममा ३ पटक भन्दा बढी सूचना जारी गरे तापनि वडाहरुले उपलब्ध नगराएको कारण गा पा को लाखौंको राजश्व चुहावट भएको हुन ।
यस गा।पा। अन्तर्गत रहेको ६ वटै वडाभित्र सय सार्वजनिक पोखरी रहँदा १ करोड भन्दा बढी राजश्व बर्षेनी चुहावट हुने गरेको गा पा को दावी रहेको छ । वर्षौ वर्ष देखि यस गा पा अन्तर्गत रहेको सार्वजनिक पोखरी वडाका केही व्यक्तिले ब्यक्तीगत रुपमा उपभोग गरी गा पा को राजश्व चुहावट भईरहेको लेखा शाखा श्रोतले जनाएको छ ।
यस गा पा का नेकपाका नेता दिपेन्द्र माझीका अनुसारआफुहरुले जननिर्वाचित पदाधिकारी गा पा मा आए देखि लिखित र मौखिक रुपमा यस गा पा अन्तर्गत रहेको सार्वजनिक पोखरीको विवरण सार्वजनिक गर्न वर्षौ वर्षदेखि माग गर्दा समेत सार्वजनिक नगरेकोमा आफुहरुले अर्थपूर्ण रुपमा हेरेको प्रतिकृया संचारकर्मी समक्ष व्यक्त गरे ।
यस गा पा ले सार्वजनिक पोखरीको विवरण सार्वजनिक नगरी बर्षेनी लाखौं लाख राजश्व चुहावट रोक्न गा पा का पदाधिकारी र प्रशासनले पहल कदमी लिनुपर्ने स्थानिय बुद्घिजिवीको भनाई रहेको छ ।