अशोक झा
३१ साउन , राजविराज कोरोना कहर सप्तरीमा बढि रहेको बेला ‘सप्तरी युथ, नेपाल’ले राजविराजसहित जिल्लाका विभिन्न ठाउँमा सेनीटाइजर छर्किन थालेको छ ।
सप्तरी युथले कोरोना संक्रमण वढि भएका स्थानलाई केन्द्रित गरेर सेनिटाईजर छर्किन थालेको हो । शनिवार राजविराज ७ स्थित हटिया तथा संक्रमितहरु भेटिएको क्षेत्रलाई केन्द्रित गरेर सेनिटाईजर छरिएको कोषाध्यक्ष विष्णुकुमार यादवले वताए ।
यसैगरी, उच्च अदालत जनकपुर–राजविराज इजलास, जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालयमा समेत सेनिटाईजर छर्किएको यादवले जानकारी दिए । संस्थाको काममा राजविराज नगरपालिका ७ नं. वडा कार्यालयले समन्वय गरेको छ ।
सप्तरी युथले सेनिटाईजर छर्किने योजना वनाएपछि जिल्ला अदालतले गाडि र इन्धन सहयोग गरेको संस्थाले जनाएको छ । शनिवार करिव ४०/४५ हजारको लागतमा सेनिटाईजर छर्किएको यादवले बताए ।