अशोक झा राजविराज, २७ फागुन । सप्तरीको जनता माध्यमिक विद्यालय तरहीका विद्यालय व्यवस्थापन समितिको चुनाव हुने भएको छ । जिल्लाको डाक्नेश्वरी नगरपालिका वडा न.. ३ तरही स्थित रहेका सो विद्यालयमा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीका लागि चुनाव हुने भएको छ । चुनावका लागि स्थानीय राजेश्वर रायको पक्षबाट स्मृत लाल चौधरी, भागवत साह, किरण देवी सदा र राम माया देवी रामले उम्मेदवारी दिएका छन् । त्यस्तै शोभानन्द रायको पक्षबाट स्वयं शोभानन्दको संगै संजय कमार यादव, सुनितादवी मुखिया, सतो देवी सदा र दिपेन्द रामको पक्षबाट स्वयं दिपेन्द्र, नन्द किशोर ठाकुर, सुनिता देवी लगायत ४ जना रहेको बताइएको छ । राजेश्वर रायको पक्षटबाट करिब ३ सय जनाले बिहीवार स्थानीय महादेव मन्दिरको दर्शन गरी उम्मेदवारी दिएको बताइएको छ । विद्यालय व्यवस्थापन समितिको चुनाव अगामी चैत्र ३ गते हुने बताइएको छ भने विगत चार कार्यकालमा शोभान्दको रहे पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ कार्यकालमा निलम्बन गरेको अनेकौं टिकाटिप्पणी भएको बताइएको छ । शोभानन्दको समयमो छात्रामाथि दुव्र्यवहार गर्नुृको साथै अनैतिक क्रियाकलाप भएको स्थानीयहरुले बारम्बार आरोप लगाएका थिए ।