दिनेश कुमार यादव सप्तरी भदौ १४ गते ।
मधेश प्रदेशका सामाजिक विकास मन्त्री नवल किशोर साहले मंगलवार तिरहुत गाउपालिका -०५ लोहजारा सप्तरीका नवनिर्मित चारकोठे विद्यालय भवनको उदधाटन गरेका छन।
मन्त्री साहले सप्तरीको तिरहुत गाउपालिका वडा नं -०५ लोहजारामा सामाजिक विकास मन्त्रालयको ७५ लाखको लागतमा वनेको सरस्वती जनता मा. वि. को ४ कोठे कक्षाकोठा भवनको उद्धाटन गर्नुका साथै सोही मन्त्रालयवाट निर्मित खेलमैदान र मन्त्री साहको संसदिय कोषवाट निर्मित २ स्वास्थ्य चौकी नजिकको २ कोठे भवनको समुदधाटन गरेका छन।कार्यक्रममा तिरहुत गापाका निवर्तमान अध्यक्ष तथा जसपा क्षेत्रिय अध्यक्ष हेमन्त वहरखेर, हनुमानगर कंकालिनी न. पा. -१२ का वडा अध्यक्ष श्रीचन्न मुखिया जसपा नेता चितरंजन यादव लगायत नेता , कार्यकर्ता, जनसमुदाय लगायतका उपस्थित रहेको थियो ।