आज दीपावली अर्थात लक्ष्मीपूजाको पुण्य दिन हो। संसारका हिन्दुहरुले यो दिन राति धन्य धानी की देवी लक्ष्मी देवी माताको पूजा अर्चना गरिन्छ। यो दिन वर्षभरिको कमाइबाट केही न केही द्रव्य किनेर घरमा लाने गर्छन्। घरमा भएको द्रव्य अनि सबै प्रकारका सम्पत्तिलाई लक्ष्मी, गणेश र सरस्वतीको मुर्ति स्थापना गरी सो अगाडी राखेर पूजापाठ गरिन्छ । हिन्दूहरुले माता लक्ष्मीको पूजा अर्थात दिपावलीको पर्व बडो श्रद्धापूर्वक मनाउने गर्छन ।हुन त यो पर्वलाई तिहार पनि भनिन्छ । यो धनतेरस दिनदेखि नै प्रारम्भ भई गोवर्धन पूजा सम्म निरन्तर रुपमा नै चलिरहन्छ।
हिन्दुहरूको वेदमा मूलतः चार प्रकार महारात्रिको वर्णन गरिएको छ।१-फाल्गुन महिनाको हो शिवरात्री,२-भदौ महिनाको कृष्ण जन्माष्टमीको रात्रि,३-असोज महिनाको दशैंको काल रात्रि र ४-कार्तिक महिनाको अमावस अर्थात दिपावलीको रात्री। शिवरात्रिलाई मोक्षको रात्रि भनिन्छ भने दिपावलीको रात्रीलाई सुखको रात्रि भनिएको छ।
यो पर्व औसीको निष्पट अंध्यारोमा परेपनि आ-आफ्नो गाउँ टोल र सहरलाई विभिन्न प्रकारका दीप तथा विद्युतीय बत्तीहरू द्वारा सिंगारीएर प्रकाशमान पारेका हुन्छन् । केराका दम्भ तथा अशोका पात भएको हाँगाहरु द्वारा घर तथा पसलहरुलाई सुन्दर रुपमा सिंगारिएका हुन्छन्।
दीपावली अर्थात तिहार हाम्रो एक प्रमुख पर्व हो।यो पर्व त हामीलाई धेरै कुराहरुको सिख दिने गरेको छ। हामीले त्यो सिख र सन्देशलाई अनुसरण गर्न सकियो भने हाम्रो जीवनलाई सार्थक बनाउन सक्छ। यो पर्व मनाउन हामीले दसैं पश्चात लागि पर्छौं। हामीले आफ्नो घरआँगनलाई मर्मतसम्भार गर्दै रङरोगन गरी चिटिक्क पार्न लागि पर्छौ।
हुन त दिपावली पाँच दिनको पर्व हो। यसमा हामी धनतेरसको दिन भगवान धन्वन्तरीको पूजा गर्दछौं र सुख तथा आरोग्यता को कामना गर्दछौं ।यसैदिन हामीले आफ्नो घरको आवश्यक सामान वा वस्तुहरू खरिद गर्दछौं। नरक चतुर्दशीका दिन भगवान श्री कृष्णले १८000 देव तथा गन्धर्व कन्याहरु लाई अत्याचारी नरकासुर बाट छुट्टाउन सफल भएको थियो ।यसैकारणले यो दिनलाई दीप बालेर खुसी व्यक्त गर्दछौं। यो दिनले पनि हामीलाई एउटा के सिख दिन्छभने हामीले पनि अत्याचारी एवं अनाचारीलाई भगवान श्रीकृष्णले विनाश गरे झैं निडर भएर, निर्भिकतापुर्वक मुकाबला गरौं। तेस्रो दिन अमावस्याको हो अर्थात औंशीको हो।यो दिन भगवान् श्रीरामले लङ्का माथि विजय प्राप्त गरेर १४ वर्ष पश्चात् वनवास पूरा गरी आफ्नो घर फर्केका थिए ।यस खुशीमा पनि पटकाहरु बजाएर ,दियोहरु, बालेर, मुख गुलियो पारेर खुसी मनाउँदछौं। औशीको निष्पट रात्रि हामीले दियोहरू बालेर, विधुतीय बिजुलीहरु बालेर अन्ध्यारो रातिलाइ प्रकाशमान गर्दछौ। हामीले हाम्रो जिबनलाई जीवनको अन्ध्यारो बाट प्रकाशमान बनाउनु पर्दछ ,खुशीहरु ल्याउन सक्नुपर्दछ ।यो दिन लक्ष्मीपूजाको पनि हो।जून घर-परिवारमा राम्रो सरसफाइ तथा एक -अर्कोमा प्रेम सद्भाव रन्छ, शान्ति एवं खुसहाली रहन्छ, त्यो घरमा लक्ष्मी माताको बास हुनेगर्दछ। यसरी नै हामीले हरेक दिन ,हरेक पल यो कुरालाई सम्झिराख्यौ भने हामीले पनि शुख शान्तिसंग बाच्न सक्छौं ,समृद्ध भएर बाँच्न सक्दछौं। लक्ष्मीपूजाको दिन हामीले हामी भन्दा जेष्ठहरुसँग आशीर्वाद लिनु आवश्यक छ। यहीं नै हाम्रो शिष्टाचारको परिचय पनि हो।
चौथो दिन हो गोवर्द्धन पूजा ।यो दिन हामीले गाई- गोरुलाई पुजा गर्दछौं।गोरुहरुलाई विभिन्न रंगहरु लगाएर हामीले चिटिक पार्दछ छौं। सार्वजनिक चौरहरुमा हामीेले गाईगोरुहरुलाई भेला गरी उत्सव मनाउँछौं। यही कुरा हिन्दुधर्ममा भगवान श्रीकृष्णले पशुसंगको प्रेम दिएका हुन् ।उहाँले गाई-गोरुप्रतिको माया लाई अनुशरण गर्न हामीलाई प्रेरणा दिएका थिए। पाँचौ दिनको पर्व हो-भात्रीद्वितिया अर्थात भाइटीका।यो दिदी- बहिनीहरूले आफ्नो दाजुभाइलाई तिलक(टिका) लगाएर उसको जीवन दिर्घायुको मंगल कामना गर्दछ। यसले दाजु दिदी- बहिनी भाई-दाईको अगाध प्रेमलाई दर्शाउने यथासक्य प्रयत्न
गर्दछ।
दिपावली पर्वको अवसरमा हामीले आफ्नो घर -आँगनको फोहर-मैलालाई फालेर सफा गर्दछौं ,त्यसरी नै हामीले आफ्नो मनको फोहरहरुलाई ,मैलहरुलाई हटाउनु पर्दछ र स्वच्छ हिर्दय बनाउनु पर्दछ। हामीले यसरी गर्न सक्यो भने एक स्वच्छ एवंअपराध रहित समाजको स्थापना गर्न सक्दछौं ।
यो पर्व भाइटीकाको दिन सम्म मनाईने भनिएपनि छठि पर्वसम्म रहिरहन्छ।यो अवधिमा हरेक दिन र राति पटका बजाउने चलन र बत्तीहरू द्वारा सिंगारीएर घर-आंगनलाई उज्यालो राख्ने गरिन्छ।तर हामीले गरेका विद्युतीय सजावट का तारहरु नाङ्गो हुन सक्ने हुन्छन् र ति नागों तार हाम्रा लागि खतरा हुनसक्दछ , यसबाट करेन्ट लागेर मानिसको ज्यान जान सकिने खतरा र पटाका बिष्फोटनले हाम्रो स्वास्थ्य तथा वातावरणमा हुने नोक्सानी लाई ध्यानमा राखिनुपर्छ। हाम्रो लापरबाहीले कसैको जान जान सक्ने भएकोले यसबाट हामीले साबधानी बरित्नुपर्दछ।