असोज २९गते सप्तरी सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका वडा नम्बर 1 भारदहमा अवस्थित कंकालिनी भगवती मन्दिरमा दसैंको नवौ दिन लाखौं भक्तजनहरु को भीड रहेको थियो।
गतवर्ष कोरोना महामारीका कारण बली दिनेहरु लाई प्रशासनले प्रतिबन्ध लगाएकोले यो वर्ष बढी संख्यामा खसीबोका तथा राँगा बलि दिने हरुको उपस्थिति रहेको थियो। हुन त हरेक वर्ष बलिको सङ्ख्यामा वृद्धि हुँदै गएको छ गतवर्ष हरुमा 500 सयको हाराहारीमा रांगा बलि प्रदान हुने गर्दथियो तर यसवर्ष सो बढेर 750 को संख्यामा रागां बली प्रदान भएको छ।
मन्दिरमा श्रद्धालुहरूको बृहत भिड बढ्नाले मन्दिर विकास समिति द्वारा गरिको सुरक्षा तथा सुविधा व्यवस्था पनि लथालिंग भएको थियो। रांगा बलिदान हुने महिषासुर परिसरमा पुराणमा मान्छेहरु जबरजस्ती पसेर बलि प्रदान सम्म अवरोध पारेको थियो ब्यवस्थापनको अभावमा र समितिद्वारा संचालित स्वयंसेवकहरुको लापरवाहीले गर्दा सो स्थिति उत्पन्न भएको थियो।
हुनतः मन्दिर परिसरमा गज्यागंगुजुगं भौतिक संरचना गर्नाले परिसरको ठाउँ संकिर्णले गर्दा नहुनाले श्रद्धालुहरुलाई आवतजावत र ओहोरदोहोर गर्न समेत धौधौ परेको थियो र यसरी नै मन्दिरको पूर्वपट्टि पर्याप्त मन्दिरको जग्गा भएतापनि सो ठाउँमा माटो नपुरदा पार्किङस्थल हुन नसक्दा पनि सवारीसाधनहरु राख्न अभाव भएकोले अलपत्र अवस्थामा जताततै सवारी साधनहरूको घुइँचो पनि बढेको थियो।