भुपदेव माली,
सप्तरीको सप्तकोशी नपा अन्तर्गत भौतिक पूर्वाधार योजनाहरुका ८० प्रतिशत कार्य पुरा भएको छ ।
सडक ग्राईभेल, कालो पत्रे, सामुदायिक भवन निर्माण तथा विद्यालय भवनको निर्माणहर लगभग सबै पूर्ण भएको नगर प्रमुख उत्तम कुमार शर्माले बताउनु भएको हो ।
११ वटा वडाहरु भएको सो नगरपालिकामा स्वास्थ्य क्षेत्रमा शहरी स्वास्थ्य केन्द्र १, आधारभूत स्वास्थ्य केन्द्र ६, स्वास्थ्य चौकी ४, वर्थिङ्ग सेन्टर १ र कोभिड अस्पताल १ गरी कर्मचारी सहित ४३ जना स्वास्थ्यकर्मी कार्यरत रहेकोमा गतवर्ष ५३ लाख ८२ हजार बजेट खर्च गरिएको छ । यसरी नै शिक्षा क्षेत्रतिर मा.वि. स्तरको विद्यालय ४ गरी जम्मा १२ वटा सामुदायिक र १४ वटा संस्थागत (निजि) विद्यालयहरु रहेकोमा ७०, लाख ५८ हजार रु खर्च गरिएको छ । कृषि क्षेत्रमा ५१ लाख ५० हजार, समाजिक विकासमा २६ लाख ४५ हजार, पशुपंक्षी क्षेत्रमा ३७ लाख ४५ हजार, भौतिक पूर्वाधार(योजना) तर्फ ६ करोड ३० लाख ५५ हजार र कार्यालय संचालन आदिमा ७ करोड ८६ लाख ७५ हजार गरेका छन् । जम्मा १६ करोड ९६ लाख २७ हजार ९ सय बजेट मध्ये ११ करोड मात्र खर्च गर्न सकेका छन् । यद्यपि कोभिड १९ दोश्रो भेरियन्टले गर्दा लकडाउनको स्थिती भएकोले अपेक्षाकृत कार्य हुन नसकेको प्रमुख शर्माले दर्शाउदै अत्याधिक वर्षाले गर्दा वाढीको स्थिती उत्पन्नले ४ हजार विगाहा जग्गाहरुको वाली नष्ट हुने स्थिती झेल्नु पर्दा केही अन्य बजेटहरुबाट रकम कटौती गरी नदी खोलाका बाँधहरु मर्मत सम्भारमा खर्चिएको बताए ।
शिक्षा ब्यवस्थामा शैक्षिक संस्थानहरुमा पठनपाठन गर्न महत्वपूर्ण कार्यहरु गरेको प्रमुख शर्माले बताउनु भयो