भूपदेव माली,
राजविराज, १८ साउन ।
सप्तरीको कंचनरुप नपाले शिक्षा क्षेत्रमा जिल्लाकै सवभन्दा उल्लेखनीय कार्य गरेको मेयर बंसन्त कुमार मिश्रले दावा गरेका छन् ।
नगरमा कुनै बेला न्यून रहेको स्वास्थ्य केन्द्र हाल नगरमा स्वास्थ्य चौकी–९, प्राथमिक स्वास्थ्य केन्द्र–१, शहरी स्वास्थ्य केन्द्र–१, आधारभूत स्वास्थ्य केन्द्र–२ गरी जम्मा १२ वटा वडाहरुमा १३ वटा स्वास्थ्य सेवा प्रतिष्ठान संचालनमा रहेको नगर प्रमुख मिश्रले दावा गरेको हो ।
नगरका जनस्वास्थ्य अधिकृत रामसेवक यादव र स्वास्थ्य संयोजक डम्बर प्रसाद गुप्ताले स्वास्थ्य सम्बन्धी तथ्याङ्कहरु देखाउदै नगरमा हाल बर्थिङ्ग सेन्टर ४, कोभिड अस्पताल १ रहेको र स्वास्थ्इ क्षेत्रमा कर्मचारी सहित जम्मा १०२ जना स्वास्थ्यकर्मी कार्यरत रहेको बताए । https://youtu.be/8VjdtVRE7Ps https://youtu.be/8VjdtVRE7Ps
यसरी नै नगर विकासका लागि प्रधान मन्त्री रोजगार कार्यक्रमका लागि आएको ५१ लाख रकम मध्ये ८,५८१ दिन मात्र श्रामिकले काम गर्न सकेकोले एकदिनको प्रति श्रामिकलाई ५१७ रु को दरले रकम मात्र खर्च सकेको कार्यक्रमका संयोजक पूनम चौधरीले बताए ।
नगरका विकासको अवस्था बारे नगर प्रमुख सँग प्रश्न राख्दा ‘मैले आफ्नो कामको आफै बडाई गर्ने होईन, मैले गरेको कामहरु नै बौल्छ’ भन्नु भाये । यद्यपि प्रमुख प्रशाकिय अधिकृत ले तथ्याङ्क देखाउदै जम्मा खर्च १३ करोड २७ लाख ९७ हजार रकम खर्च गरेको बताए । जसमा वितिय स.५,५३,७६०१२, संचित कोष ७,२९,३५,३५१ र बाहिरी ४४,५२,३७४ रहेको नगरका प्रत्येकश वडाहरुमा जम्मा १९२ साना ठूला योजनाहरु रहेकोमा सो मध्ये २६ योजनाहरु रनिङ्गमा रहेको बताए ।
संचारकर्मीलाई प्रत्यक्ष रुपमा आउन नचाहे पनि मेयर बंसन्त कुमारले मेरो कार्यकालमा कुनै प्रकारले पनि आर्थिक अनियमितता भएको पुष्टि गरेमा म राजीनामा दिनेछु भनि दावा समेत गरे ।