भूपदेव माली,
राजविराज,१६ साउन ।
सप्तरी जिल्लाका पूर्व राजपा का अध्यक्ष मण्डल सहितको बैठक शनिवार राजविराजमा स्थित जि.स.समितिको सभाहलमा सम्पन्न भएको छ ।
जिल्ला जसपा भित्र दुई गुटमा विभाजन पश्चात अन्यौल परिस्थितीलाई नियन्त्रण तथा साम्य पार्न जिल्लाका पुर्व राजपा तथा सो सँग आवद्ध हरेक संगठनहरुलाई सृदृढिकरण तथा संगठन विस्तार गर्न उद्देश्यले सो बैठक सम्पन्न भएको हो ।
राजपाका केन्द्रिय महासचिव सिताराम मण्डलको अध्यक्षतामा सम्पन्न भएको सो बैठकमा राजपाका जिल्ला अध्यक्ष मण्डललाई संगठन सुदृढिकरण तथा विस्तार गर्न केन्द्र द्वारा निर्देश भएको सहित गाउँटोलमा गई सोको जानकारी अविलम्ब दिन समेत निर्देश दिएको निर्णय भएको थियो ।
जिल्लाका सैकडौ सक्रिय नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको सो बैठकमा हरी प्रसाद सिंह(हरिवावु) राजेन्द्र प्रसाद यादव(राजाबाबु), विशेश्वर रजक, दिनेश यादव, विजय यादव, सहित सम्पूर्ण अध्यक्ष मण्डलको उपस्थिती रहेको थियो ।