भुपदेब माली, मनोज यादब
श्रावण १५ गते ,राजविराज । सप्तरीको डाकनेश्वरी नगरपालिकाका जनताहरुले स्वास्थ्य सेवामा भईरहेको लापर्वाही विषय लिएर शुक्रबार नगरपालिका कार्यलय पातो बाजारमा डेलिकेशन सहित घेराउ गरेका छन ।
वडा नं. ३ हटेल–तरही स्थित रहेको स्वास्थ्य चौकीका स्वास्थ्य निरिक्षक (प्रमुख) उमेश कुमार साहले विरामीहरुलाई उपचार नगरी गाली बेज्जेती गर्ने , समयमा चौकीमा उपस्थित नहुने , समय भन्दा पहिले नै घर प्रस्थान गर्ने , औषधिहरु लुकीछिपी बाजारमा बेच्ने आरोपको साथ सो प्रमुख तत्काल अन्य ठाउँमा सरुवा गरेर अन्य स्वास्थ्यकर्मी लाई ब्यवस्था मिलाउन सो डेलिकेशनमा गएका हून ।
महिला पुरुष गरी लगभग ७०–८० जनाले सहभागी भएको सो डेलिकेशनमा नेतृत्व स्थानिय राजेश्व् रायले एक हप्ताभित्र माँग पूरा नगरेमा चरणबद्द आन्दोलन गरिने बताए ।
जनताले लगाएको आरोप सत्यतथ्य बुझन एक छानबिन समिति गठन गरी कार्यान्वयन तर्फ जाने र दोषीलाई कानुन बमोजिम कार्वाही गरी जनतालाई न्याय दिने नगरका स्वास्थ्य शाखा संयोजक उमेश प्रसाद साहले बताए । वहाँले अगाडी भन्नु भयो कोरोना काल र बर्षायाम भएकोले सबै वडाका स्वास्थ्य चौकी तथा स्वास्थ्य केन्द्रमा जान नसकेको हुदा सो स्वास्थ्यकर्मीले मनमानी गरेको हुन सक्ने हुदाँ म आवश्यक छानविन गरी न्यायको बाटोमा अग्रसर हुने बताए । https://youtu.be/1kPKqBRcH1Q https://youtu.be/1kPKqBRcH1Q