भूपदेव माली,
राजविराज, ०६ साउन ।
सप्तरीको राजविराज नपा –१, डुमरी शिव स्थानमा रहेको स्वास्थ्य चौकीले कुनै बेला ठुमरी, शिव स्थान, चनौरा, बिरौल दिघिया गरी ५ वटा गाउँ टोलका मानिसलाई स्वास्थ्य सेवा पु¥याउदै आएको हाल सो चौकीको अवस्था लथालिङ्ग रहेको छ ।
स्थानियहरुको गुनासो सुनेर ईमधेश न्यूजका टिम सहित संचारकर्मीहरुले सो स्थास्थ्य चौकीको स्थिती निरिक्षण अवलोकन बुझ्न पुग्दा चौकी प्रतिको स्थानिय तथा स्थानिय जनप्रतिनिधिहरुको वेवस्ताको् तितो सत्य नाङ्गो भएको हो ।
१६ कठ्ठा जग्गा र सो जग्गामा एक पोखरी सहित भवनहरु निर्माण भएको सो स्वास्थ्य चौकी भवनको परिसरमा वर्षाका पानी जमेर भवन जाने बाटो समेत अवरुद्ध हुने अवस्था र परिसरमा चौतर्फी बाल बौन्ड्री नहुदा राती स्थानिय उच्चश्रृखलहरुले दिशा गरी तथा रक्सी खाई जत्रतत्र बोतलहरु फालेर फोहर गर्ने गरेको अवस्था रहेको छ । यसरी नै परिसरमा रहेको पोखरीको दिगो ब्यवस्थापन नहुदाँ स्थानीयहरुले माछाहरु मारेर लाने गरेको कार्यालय प्रमुख लगायत केही स्थानियको गुनासो छ ।
चौकीमा का.स. १, अ.न.मी २, अ.हे.व १ हे.अ. २ र जन स्वास्थ्य निरिक्षक (प्रमुख) गरी जम्मा का.स. सहित ७ स्वास्थ्य कर्मी कार्यरत रहदापनि प्रायः विरामीहरुले सो स्वास्थ्य चौकीमा सेवा नलिई राजविराज स्थित रहेको गजेन्द्र नारायण सिंह अस्पतालमा उपचार गर्ने गरको स्थानिय हरुले बताए ।
स्वास्थ्य चौकीको अवस्थाबारे प्रश्न राख्दा स्वास्थ्य निरिक्षक (प्रमुख) अमर आनन्दले आफू आएदेखि नियमित सही समयमा कार्यालय संचालन व्यवस्था, स्वास्थ्य सेवा प्रदान गर्ने ब्यवस्थामा अपेक्षाकृत धेरै नै सुधार गरिएको बताए । बहाँले म आउनु भन्दा पहिलेको अवस्था भन्दा ६० प्रतिशत वढी मानिसले स्वास्थ्य सेवा लिन थालेको रजिष्टर्ड तथ्याङ्ग देखाउँदै बताए । वहाँले बालबौन्ड्रिका लागि स्थानिय निकाय तथा सेभ द मा समेत पटक–पटक पहल गर्दै आएको भएपनि हाल सम्म कसैले यसबारे चासो नराख्दा चौकी परिसरमा दिशा गरिने रक्सी खाई बोतल जत्र–तत्र फालिने गरिएको बताए । https://youtu.be/o0tLUV3IY6c https://youtu.be/o0tLUV3IY6c