भूपदेव माली,
राजविराज ०२ असार ।
सप्तरीको हनुमाननगर कंकालिनी नपा ७ को वडा कार्यालयको वडा सचिव अवकाश भएपछि एक कार्यक्रम गरी स–सम्मान विदाई गरेका छन् ।
विगत चार वर्ष देखि सोही वडामा सचिवको कार्यभार सम्हाल्दै आएका हनुमाननगर कंकालिनी नपा १४, रम्पुरा मलहनियाँका जवाहर साह गए जेष्ठ २८ गते अवकाश प्राप्त गरेपछि सोही वडाका वडा अध्यक्ष लक्ष्मी नारायण दास एवं स्थानीय द्वारा फूल माला तथा दोसल्ला आढाई स–सम्मान विदाई गरिएको हो ।
वडावासी द्वारा आयोजना गरिएको सो विदाई कार्यक्रममा पुरानो सचिवलाई विदाई सँगै नवआगन्तुक सचिव राजु बस्नेतलाई स्वागत गर्दै पुरानो सचिवले ईमान्दारी साथ सेवा प्रदान गर्दै समाजमा आफ्नो उत्कृष्टाको छाप अंकित गरेको कार्यक्रममा उपस्थित समाजसेवी मोहन अग्रवाल, बद्री नारायण दास, अर्जुन मेहता, बलराम मण्डल लगायतका मन्तव्य राखेका थिए ।
लगभग ६० जना भन्दा वढी मानिसहरु उपस्थित भएको सो कार्यक्रममा वडा नं. ७ का वडा अध्यक्ष लक्ष्मी नारायण दास(पुगो बाबु) ले सचिवको प्रशंसा गर्दै भने–‘सही समयमा कार्यालयमा उपस्थित हुने सचिव साह मृदुभाषी कर्तव्यनिष्ठ र ईमान्दार भएकोले आज सम्म कुनै प्रकारको शिकायतको मौका दिनु भएन’ ।