कोविड–१९ कोरोनाले यतिखेर भारतमा ब्यापक प्रलय मचाएको छ। पहिलो चरणको कोरोनालाई नियन्त्रण गर्नका लागि त्यहाँका सरकारले लकडनको नीति तथा उपचारमा सकृयताले नियन्त्रण गरिएको प्रयासले हदसम्म सफल पनि भएको थियो र कोरोनाको प्रकोपले मानिसहरूको खासै संख्यामा मृत्यु भएको देखिएनन्। यदाकदा मृत्यु भएको देखिएपनि ५०÷६० वर्षदेखि माथिल्लो उमेरका तथा अन्य रोगले ग्रसित रहेकाहरु लाई बढी मृत्यु भएको देखियो। तर दोस्रो चरणको कोरोना अर्थात् यतिखेरको कोरोनाको पूनर्आगमनले घातक मात्र नभई वैज्ञानिकहरूको चुनौती संगै भारत सरकारको निन्द नै चोरीएको छ।
पहिलो चरणको कोरोनाले तिव्रगत्तिमा संक्रमण फैलाएपनि यतिखेर जस्तो घातक थिएन। अहिले फैलिएको कोरोनाले ५० वर्ष मूनिका मानिसहरू लाई पनि ब्यापक रुपमा संक्रमण फैलाउदैं ज्यानसमेत लिन थालेको छ। भारतको १६ वटा राज्यहरूमा कोरोना संक्रमण देखा परेसंगै महाराष्ट्र, दिल्ली र उत्तरप्रदेशमा कोरोना संक्रमणमा ब्यापक बृद्धि भएको छ र मृत्यु हुने संख्यामा पनि बृद्धि भई रहेको छ। कूल संक्रमितको ३०%प्रतिशत रोगीको ज्यान जाने गरेको छ। जसले गर्दा ति राज्यहरूको ठुल्ठुला अस्पतालहरूमा पनि अक्सिजन, भेल्टिनेटर, बेड र उपचारमा प्रयोग हूने औषधिहरु समेतको अभाव भएको त्यहाँका संचारकर्मीहरुले बताउँछन्। यतिखेर भारतका ख्याति नेता तथा अभिनेताहरू समेत यसको शिकार भएका छन्।
कोरोनाको यो प्रलयलाई नियन्त्रण गर्नका लागि विभिन्न राज्यको विभिन्न स्थानमा मिनी लकडनको घोषित गरिएपनि प्रभावकारी हुन सकेको छैन। दिन–प्रतिदिन हजारौंको संख्यामा कोरोना संक्रमितहरु बढिरहेका छन्भने सेकडौंको संख्यामा मृत्यु हुँदै गएको देखिन्छ। यो प्रलयले भारत सरकारको सामु ठूलो चुनौती बनेको छ।
कोरोनाको प्रकोप यतिखेर भारतमा ब्यापक ताण्डव मचाएको संगै हाम्रो देशमा पनि पुनः कोरोना संक्रमण बढ्दै गइरहेको छ। केही दिन पश्चात् नेपाली जनताले पनि विकराल समस्याको सामना गर्नुपर्ने स्थिति उत्पन्न हुनसक्ने सम्भावना रहेको छ। अतः हाम्रो सरकारले सम्भावित समस्यासँग लड्नका लागि पूर्व तयारी गर्नु पर्ने आवश्यक भएको छ। संघ, प्रदेश र स्थानीय सरकारले आ–आफ्नो स्तरबाट आ–आफ्नो क्षेत्रका अस्पतालहरूमा भेल्टिनेटर, अक्सिजन, बेड र औषधीको व्यवस्थापन कार्यमा ध्यान दिनुपर्ने आवश्यक रहेको संगै कोरोना जांच(पि. सि. आर.) गराउने कार्यमा तिव्रता ल्याउन सकृयता देखाउनु पर्दछ।