भूपदेव माली,
राजविराज ०७ चैत्र ।
छिमेकी देश भारतमा कोभिड १९ कोरोनाले एक पल्ट पूनः ताण्डव मचाउन थालिएको हुँदा त्यहाँका सरकारले १५ वटा राज्यको ७५ वटा जिल्लाहरुमा लकडाउनको घोषणा गरेको छ ।
भारतको १५ वटा विभिन्न राज्य गरी ७५ वटा जिल्लाहरुमा ३७० जनामा कोरोना संक्रमण देखा परेपछि र केही व्यक्तिहरुको कोरोनाका कारणले मृत्यू भएको पुष्टि भएपछि सो लकडाउन लगाएको हो ।
भारतको विहार राज्यमा पहिलो मृत्यू र त्यसपछि मुम्बईमा एक, गुजराजको सूरतमा एकजना गरी हालसम्ममा सात जनाको मृत्यू र ३७० जना मानिसमा कोरोना संक्रमणको पुष्टि भएपछि देशका केन्द्र तथा राज्य सरकारले स्थितीलाई दृष्टिगर गरी संक्रमण नफैलिनका लागि लगाएको लकडनमा उत्तर प्रदेश, पंजाब, कर्नाटक, तमिलनाडु, केरल, महाराष्ट्र, मध्यप्रदेश, हरियाणा, विहार, दिल्ली, नागालैण्ड, राजस्थान, आन्ध्रप्रदेश, तेलङ्गना, गोवा, झारखण्ड, छतिसगढ, पश्चिम बंगाल गरी जम्मा १५ राज्यहरुमा लकडन लगाएका छन् । यि राज्यहरु मध्ये फरक–फरक रुपमा लकडाउन लगाएको छ, जस मध्ये केही राज्यका जिल्लाहरुमा सार्वजानिक मेलामा रोक, सार्वजानिक सवारी साधनहरुमा रोक, रेल सेवामा रोक लगाएको छभने केही राज्यमा पूर्ण रुप्मा लकडाउन लगाएको छ । यद्यपि केही राज्यमा कोरोना संक्रमणको पुष्टि नभएता पनि स्थितीलाई नियन्त्रण गर्नको लागि निषेधाज्ञा लगाएको छ ।